मङ्लबार, बैशाख ४, २०८१

कृषि विकास मन्त्रालयको योजना महाशाखा परिवर्तित ढंगले अगाडि बढ्ने

yogendra kakiकाठमाडौं, २० माघ । कृषि विकास मन्त्रालय योजना महाशाखामा महाशाखा प्रमुख रामप्रसाद पुलामीले अवकाश पाएको दुई महिना पछाडि मात्र कृषि विकास मन्त्रालयले योजना महाशाखा प्रमुख पाएको छ । कृषि विकास मन्त्रालयको ६० प्रतिशत कार्यभार भएको सो महाशाखामा योग्य सहसचिव अवभावका लागि मन्त्रालयले दुई महिनासम्म रिक्त पदमा पदपूर्ति गर्न सकेको थिएन ।
आर्थिक बर्ष २०७२÷७३ का लागि बार्षिक कार्ययोजना बनाउन बेलासम्म पनि योजना महाशाखामा प्रमुख रिक्तताले मन्त्रालयको कार्ययोजना लथालिङ्ग हुन थालेपछि माघ १९ गतेदेखि लागू हुने गरी कृषि विकास मन्त्रालयको सवैभन्दा ठूलो आयोजना मानिएको व्यवसायिक कृषि तथा व्यापार आयोजनका आयोजना निर्देशक योगेन्द्र कार्कीलाई मन्त्रालयको योजना महाशाखाको प्रमुखका रुपमा ल्याएको हो ।
कार्कीले १९ गते नै आफ्नो जिम्मेवारी सम्हाल्दै महाशाखका कर्मचारीहरुलाई कार्यालय समय भन्दा आधा घण्टा अगाडि कार्यलयमा उपस्थित हुन निर्देशन समेत दिएका थिए । मन्त्रालयको योजनाका शाखालाई चुस्त र पारदर्शिा बनाउन आफू प्रतिवद्ध रहने भन्दै कार्कीले मन्त्रालयबाट विदेश भ्रमण तालिम तथा गोष्ठिमा भनसुनका भरमा जाने प्रथाको अन्त्य गर्दै कार्य कुशलताको आधारमा विदेश भ्रमण जाने व्यवस्था आफूले गर्ने समेत उनले बताए ।
हरेक पटक विदेश जाने अवसर मन्त्रालयमा सहसचिवहरुले मात्र पाउँदै आएकामा भावी दिनमा उपसचिव तथा अन्य कर्मचारीहरुलाई पनि क्षमता अभिबृद्धिका लागि त्यस्तो अवसर प्रदान गर्न आफू दत्तचित्त भएर लाग्ने बताए । साथै योजना महाशाखाका प्रमुख एवं सहसचिव कार्कीले कृषि विकास मन्त्रालयको योजना महाशाखा विगतभन्दा फरक ढंगले सञ्चालन गर्नु पर्ने भएकाले सवै कर्मचारीहरुलाई किसानप्रति बफादार भएर काम गर्न आग्रह समेत गरेका थिए । –कमला नेपाल

प्रकाशित मिति: मङ्लबार, माघ २०, २०७१