शुक्रबार, बैशाख ७, २०८१

कृषि बीमा लागू गर्नका लागि वीमा समिति असफल, किसान मारमा

bunaकाठमाडौं,  माघ । कृषि क्षेत्रमा निकै नै चर्चा बटुल्न सफल भएको कृषि तथा पशु बीमाले सोचेअनुरुप सफलता हासिल पार्न सकेको छैन । कृषि बीमालाई कार्यान्वय गराउने कार्यमा बीमा समितिका पदाधिकारीहरु चासो नदिएका कारण कृषि बीमाले सफलता पाउन नसकेको व्यवसायिक किसानहरुले आरोप लगाउन थालेका छन् । बीमा समितिले दिएको निर्देशनलाई अटेर गर्ने बीमा कम्पनीहरुलाई समितिले कुनै पनि कार्वाही नगरेका कारण बीमा कम्पनीहरुमा कृषि बीमा गरेपनि ठिकै नगरेपनि ठिकै भने झै लागि परेका छन् ।
कृषि विकास मन्त्रालयका पदाधिकारीहरुले हरेक जिल्ला जिल्लामा आम किसानहरुलाई कृषि बीमाका बारेमा जानकारी गराउन थालेको भएपनि किसानहरु बीमा कम्पनीमा पुग्दा आफ्नो पशु तथा बालीको बीमा गर्न कतिपय स्थानका इन्कार गरेका कारण रित्तो फर्कनु परेको सिन्धुपाल्चोक जिल्लामा व्यवसायिक रुपमा चौरीपालन गरिरहेका किसान अर्जुन तामाङ्गले कृषिसँग गुनासो गरेका छन् । तामाङ्ग भन्छन् सरकारले कृषि बीमा गर्नुपर्दछ भन्छ तर कहाँ गएर बीमा गर्ने कुरा भन्दैन । कुन बीमा कम्पनीले गर्दछ भन्ने कुरा धेरैलाई थाहा छैन । बीमा कम्पनीहरुमा पशु तथा बाली बीमाका लागि जाँदा अहिले हुँदैन भन्दै फर्काउँछन् । बीमा कम्पनीले हुँदैन भनेपनि कहाँ जाने ?
हुन पनि कृषि विकास मन्त्रालयले दुई बर्ष अगाडि २०६९ माघ १ गतेदेखि कृषि बीमा लागू गरेको भएपनि समन्वयको अभाव र बीमा समितिको फितलो निर्देशनका कारण कृषि बीमाले सोच अनुरुप परिणामा पाउन नसकेको होइन बीमा केही कम्पनीका उच्च अधिकारीहरु र बीमा समितिका केही पदाधिकारीहरुको मिलेमतोमा नै कृषि बीमा असफल बनाउने प्रयास गरिन लागेको बीमा समिति कर्मचारीहरु बताउँछन् ।
कृषि बीमा लागू कडाईका साथ गर्नका बीमा समितिको भूमिका स्पष्ट नभएको भन्ने गुनासोको बारेमा अध्यक्ष फत्त बहादुर के.सी सम्पर्कमा नै आउन चाहँदैनन् । भने बीमा समितिका निर्देशक श्रीमान् कार्की विभिन्न वहानामा पन्छिन प्रयास गर्दै आईरहेका छन् । – योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: बिहिबार, माघ २२, २०७१