आइतवार, बैशाख ३०, २०८१

सिन्धुलीमा बंगुर पालनको लहर

सिन्धुली,७ माघ । सिन्धुली पुरानो झागाझोली ४ कटरेमा रहेको प्रगतिशील बंगुर फार्मले २७ वटा सेता र ५ वटा काला बंगुरपालन शुरु गरी जिल्लामा पृथक ढंगले कृषिमा संलग्न भएको छ ।
४ रोपनी क्षेत्रफलमा बंगुर पालनसँग तरकारी उत्पादनमा समेत गर्दै आईरहेको कृषक विनोद रायले बताए । उनको फार्ममा उत्पादित तरकारी नेपालथोक, खाल्टे, सिन्धुली, मंन्थली हुँदै बनेपासम्म पुग्ने गरेको रायले बताए । साथै बंगुर विक्री वितरणका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले बेवास्ता गरेको गुनासो गर्दै उनले आफूलाई सरकारी अनुदान भन्दा पनि प्राविधिक सीपको आवश्यकता रहेको समेत उनले बताए ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७१