शुक्रबार, चैत्र १६, २०८०

 गाईपालनसँगै तरकारी खेती

रामेछाप,७ माघ । रामेछाप जिल्लाको गेलु गाविसमा रहेको एकीकृत नमूना कृषि फार्म गेलुमा गाईफार्मसँगै बाख्रापालन र तरकारी खेती शुरु गरेको छ । पौरखी युवा कृषि सहकारी संस्था प्रा.लिले सञ्चालन गरेको सो फार्ममा जिल्ला कृषि सहकारी संघको सहयोग र शान्ति र विकासका लागि वाईएसपि नेपालले सहजीकरण गरेको बताइएको छ । एकीकृत नमुना कृषि फार्मले शुरु गरेका गाईपालनका लागि २ लाख ९० हजारका ४ वटा गाई र ४ वटा बाच्छा, कुखुराका चल्ला ५०० लाई व्यवसायिक रुपमा पालन शुरु गरेको छ । फार्म व्यवस्थापनमा ९ जना कर्मचारीहरु रहेका छन् भने ५ जना जेटिएले समेत पूर्ण रुपम काम गर्दै आईरहेका छन् ।
सो फार्मले रामेछापमा दूध संकलन र चिस्यान केन्द्र स्थापना गरी मन्थली दूुधको विक्री वितरण गर्ने व्यवस्था मिलाएको समेत सो संस्थाले बताएको छ । भकारो सुधार, मल मुत्र सुधार कार्यक्रमसँगै गोलभेडा, आलु, प्याज, लसुन, चम्सुर धनिया, उत्पादन गरि नजिकैको बजार मन्थलीमा संकलन गरी विक्री वितरण गर्ने बताएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७१