शनिबार, जेष्ठ ५, २०८१

माटो परीक्षण गर्न पश्चिम घुम्दै घुम्ती भ्यान

soil busकाठमाडौं, ५ माघ । १८ औं सार्क शिखर सम्मेलनका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली किसानहरुका लागि कृषि विकास मन्त्रालयलाई उपलब्ध गराएको माटो परीक्षण घुम्ती भ्यान यतिखेर जिल्ला दौडाहामा निस्किएको छ । किसानहरुको आ“गनमै पुगेर घुम्ती भ्यानले माटो परीक्षण गर्दा किसानहरुका लागि ठूलो राहत मिलेको छ । विगतमा खेतबारीको माटो वोकेर जिल्लादेखि केन्द्रसम्म धाउनु पर्ने किसानहरुका लागि कृषि विकास मन्त्रालयले भारत सरकारबाट सहयोग स्वरुप उपलब्ध गराएको घुम्ती भ्यानमा माटो परीक्षण गराउने आउने किसानहरुको संख्यामा आधारमा भन्ने हो भने नेपाली किसानहरु पनि माटोका अवस्थाका बारेमा निकै नै चाख लिन थालेछन् भन्ने कुरा पुष्टि भएको छ ।
मंसीर १९ गते काभ्रेपलाञ्चोकको पा“चखालबाट कृषि मन्त्री र कृषि सचिवले माटो परीक्षणको शुरुवात गरी पा“चखाल सेवा केन्द्रमा तीन दिनका लागि भ्यान राख्ने भनिएता पनि सोचे भन्दा बढी किसानहरुले माटो परीक्षण गराउन आएपछि घुम्ती भ्यान करीव एक साता पा“च खालमा रहनुले माटो परीक्षणका लागि भ्यानको प्रभावकारीता बढ्दै स्पष्ट छ ।
जति दिनका लागि भनेर जिल्लामा घुम्ति भ्यान पठाइन्छ तोकेभन्दा बढी दिन माटो परिक्षणका लागि भ्यान आवश्यक पर्नुले सो घुम्ती भ्यानको महत्व बढेको मात्र होइन किसानहरुलाई ढङ्गा खोज्दा देउता मिल्यो भने जस्तै भएको छ । जसले गर्दा किसानहरुले आफ्नो माटोमा बढ्दै गएको अम्लियपन के कति र माटोलाई कसरी जोगाउने भन्ने तर्फ लागेका छन् । त्यत्तिमात्र होइन किसानहरुले अत्यधिक मात्रामा प्रयोग गर्ने गरेको रासायनिक मलको प्रयोग पनि घट्ने सम्भावना यसले देखाएको छ । माटो व्यवस्थापन निर्देशनालय मातहतमा रहेको सो भ्यान यतिखेर पुन ः जिल्ला दौडाहामा निस्किएको छ । धार्दिङ, तनहु“ हु“दै कास्कीमा हुन गईरहेको अर्गानिक कृषि मेलासम्म यो भ्यान जिल्ला दौडाहा मै देखिएको छ । जसबाट सो क्षेत्रका किसानहरुले धेरै नै सेवा र सुविधा त पाउने नै छन् ।
यद्यमी घुम्ती भ्यानमा माटो परीक्षण गराउनका लागि किसानहरुको जुन उत्साह र उपस्थिति देखिएको छ त्यो सँधै हुन सक्ला कि नसक्ला भन्ने प्रश्न पनि उब्जिन थालेको छ । त्यत्तिमात्र नभई भारत सरकारले दिएको एउटा भ्यान कृषि विकास मन्त्रालयले कतिञ्जेलसम्म सञ्चालनमा ल्याउला र यति यो भ्यान विग्रिएको अवस्थामा त्यसको विकल्प खोजेको छ कि छैन भन्ने प्रश्न यतिखेर उठ्न थालेको छ ।

प्रकाशित मिति: सोमवार, माघ ५, २०७१