शनिबार, बैशाख २२, २०८१

बन्दका कारण तरकारी भित्रिएन तर तरकारी बजार खुल्ला

bazarकाठमाडौं, ६ माघ । एमाओवादीका नेतृत्वमा ३३ दलीय मोर्चाले गरेको नेपालको बन्दको प्रभावका कारण विभिन्न स्थानबाट आउने हरिया तरकारीहरुमा समेत प्रभाव परेको छ । विशेष गरी काठमाडौं उपत्यकामा भित्रने हरिया तरकारीहरुमा पनि बन्दले ठूलो प्रभाव परेको छ । काभ्रे, धार्दिङ्ग लगायतका क्षेत्रबाट मध्यरातमा नै तरकारी जन्य बस्तुहरु भित्रिएको भएपनि ढिलो गरी काठमाडौं भित्रने प्रयास गरेका तरकारीका सवारी साधनहरु समेत अलपत्र परेका छन् । बन्द आब्हानकर्ताले दैनिक उपभोग्य सामग्री बोक्ने सवारी साधनहरुलाई अवरोध नगर्ने बताएको भएपनि धादिङ्गबाट काठमाडौं आउन लागेको केही तरकारी बोक्ने ट्रकहरुलाई रोकेको धार्दिङ्ग प्रतिनिधिले बताएका छन् ।
त्यसैगरी काभ्रेको नाला, पाँचखाल, पनौती लगायतका क्षेत्रबाट भित्रने तयारीमा लागेका सवारी साधनहरुलाई पनि बन्दकर्ताहरुले अवरोध गरेको काभ्रे सहकर्मीले जनाएका छन् ।
यद्यपी काठमाडौंको विभिन्न स्थानमा रहेका तरकारी बजारहरु भने खुलेका छन् । नयाँबानेश्वर, चावहिल, खसीबजार, बल्खु बजार, बालाजुमा रहेको तरकारी बजारलाई भने बन्दले कुनै असर नपरेको भएपनि तरकारीको मूल्य भने हिजोको भन्दा दोब्वर रहेको उपभोक्ताहरुले बताएका छन् । बन्दका कारण तरकारीको मूल्य बढेको प्रर्दशनी मार्गमा रहेको तरकारी बजारका तरकारी विक्रेताले बताएका छन् । हिजो भन्दा आज तरकारीको मूल्य किन दोब्वर भन्ने प्रश्नमा विक्रेताहरु भन्छन् हिजो अस्ति सहज रुपमा तरकारी भित्रने र धेरै तरकारी भित्रने गर्दथ्यो भने आज कम तरकारी आउने भएकाले पनि स्वभाविक रुपमा नै महंगोका किन्नु पने वाध्यता भएका कारण बजार मूल्य बढेको बताउँछन् ।

प्रकाशित मिति: मङ्लबार, माघ ६, २०७१