शुक्रबार, बैशाख ७, २०८१

भारतीय सुन्ताल विस्थापित हुँदै

बुटवल, ५ माघ । विगतमा भारतबाट आउने सुन्तलालाई यो बर्ष पहाडी सुन्तलाहरुले विस्थापित गरेका छन् । पाल्पा, अर्गाखाँची लगायतका नजिकका पहाडी जिल्लाबाट रुपन्देहीमा आउने नेपाली सुन्तलाका कारण यतिखेर भारतबाट आउने सुन्ताल विस्थापित हुन थालेपछि पहाडी जिल्लामा उत्पादन भएका सुन्तालाले यस क्षेत्रमा राम्रो बजार ओगटेको छ ।
यस क्षेत्रमा बिक्रीका लागि आउने मुख्यगरी स्याङ्जाको सुन्तला प्रख्यात छ । यसबाहेक गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लाबाट सुन्तलाले राम्रो बजार लिएको छ ।
बजार राम्रो हँुदा सुन्तलाको मूल्य पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । लुम्बिनी कृषि उपज थोक बजार केन्द्र बुटवलका अनुसार यस क्षेत्रमा नेपाली सुन्तलाको बजार माघ महिनाभरि नै हुने गर्दछ ।
कात्तिक सुरुवातदेखि नै सुन्तलाको कारोबार सुरु भए पनि थोक बजारमा भने कात्तिक अन्तिम साताबाटमात्रै औपचारिक रुपमा बजार सुरु भएको हो ।
केन्द्रमा अहिले दैनिक ४० क्विन्टल सुन्तला भित्रिएको कृषि विकास कार्यालयले छ । चारमहिने यो छोटो समयमा सुन्तलाको रु २० करोडभन्दा बढीको कारोबारको लक्ष्य रहेको बताएको छ ।

प्रकाशित मिति: सोमवार, माघ ५, २०७१