आइतवार, जेष्ठ ६, २०८१

डढुवा रोगबाट पर्साका किसान चिन्तित

पर्सा, १२ पुस । आलु खेतीमा डढुवा रोग देखिएपछि पर्साका किसान चिन्तित बनेका छन् । आलु बालीमा डढुवा रोगले आक्रमण गरेका कारण उत्पादन घट्ने भन्दै जिल्लाका किसान चिन्तित भएका छन् ।

पर्साको पोखरीया, वीरन्चिबर्वा, बेलवा, गम्हरीया, बिरुवागुठी, वसन्तपुर, झखरा मसिहानीलगायतका गाविसमा लगाइएको आलु बालीमा डढुवा रोगको प्रकोप बढीमात्रामा देखापरेको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।
तराईमा हाल बढिरहेको अत्यधिक चिसो र शीतलहरका कारण आलु बालीमा डढुवा रोगको प्रकोप देखापरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण शाखाका प्राविधिक दिनेश सिंहले जानकारी दिएका छन् । उनले डढुवा रोग लागेपछि सुरुमा आलुको पातको तलतिरको भागमा सेतो ढुसी देखापर्ने र त्यसपछि विस्तारै पात र डाँठ सुक्दै गएर आलु कुहिने गरेका कारण उत्पादनमा भारी ह्रास आउने गरेको समेत जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७१