आइतवार, जेष्ठ ६, २०८१

टनेलमा गोलभेँडाखेती गरेर मालामाल

म्याग्दी, १२ पुस । वैदेशिक रोजगारी त्यागेर गाउँमै टनेलमा गोलभेँडाखेती गरेका म्याग्दीका एक युवा मनग्य आम्दानी गर्न सफल भएका छन् ।

ताकम गाविस–५ का ३६ वर्षीय धनबहादुर पौडेल टनेलभित्र लगाएको गोलभेँडा र तरकारी बिक्री गरेरै मालामाल बनेका छन् । छ वर्ष भारत, चार वर्ष साउदी र तीन महिना बहराइनमा काम गरेर गाउँ फर्किएका पौडेल पाँच वर्षदेखि निरन्तर तरकारीखेतीमा सक्रिय रहँदै आएका छन् ।
हाल उनीे बेनी–दरवाङ सडकको छेवैमा पर्ने दरवाङ–२ ढाँडखर्कमा पाँच रोपनी जग्गा भाडामा लिएर छवटा टनेलमा लटरम्म गोलभँेडा फलाएका छन् । साथै सिमी, साग, बन्दा, काउलीलगायतका तरकारीखेती गरेका पौडेलले वार्षिक रु तीन लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएकोउनी बताउछन् ।
दुई वर्ष ताकममा तरकारीखेती गर्दा सफलता पाएका पौडेलले बजार नजिक भएकाले वार्षिक रु १२ हजार भाडा तिर्ने गरी ढाँडखर्कमा जग्गा भाडामा लिएर तरकारीखेती शुरु गरेका हुन् । उनले उत्पादन गरेको तरकारी दरवाङ बजारमा खपत हुन्छ ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७१