आइतवार, जेष्ठ ६, २०८१

‘एक गाउँ एक उत्पादन’ कार्यक्रमको प्रगति समीक्षा

पर्वत, १२ पुस । गत वर्षदेखि पर्वत जिल्लालाई लप्सी जिल्ला बनाउने उद्देश्यसहित सुरु भएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न भएको छ ।

‘एक गाउँ एक उत्पादन कार्यक्रम’ जिल्ला समन्वय समितिमा शुक्रबार प्रगति समीक्षात्मक गोष्ठी सम्पन्न भएको हो ।
पर्वत उद्योग वाणिज्य सङ्घ र जिल्ला कृषि विकास कार्यालय पर्वतको सहकार्यमार्फत सञ्चालन भइरहेको ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ लागू भएका पर्वतको थापाठाना, मुडिकुवा, शङ्कर पोखरी, भङ्गरा र ठानामौलामा भए गरेका कार्यक्रमका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमका सदस्य सचिव टङ्कनाथ पौडेलले वर्षभरि गरेका कार्यक्रमको विषयमा जानकारी गराएका थिए ।
गत आर्थिक वर्ष २०७०÷७१ मा उद्यमीलाई अभिमुखीकरण तालिमसँगै सामग्री वितरण, लप्सी नर्सरी स्थापना, बिरुवा वितरण, कृषकबीच अन्तरक्रिया, जिल्लाको लप्सी तथ्याङ्क सङ्कलनलगायतका कार्यक्रम सञ्चालन भएको उनले बताए

प्रकाशित मिति: शनिबार, पुस १२, २०७१