मङ्लबार, बैशाख १८, २०८१

उपकरणबाट उखु काट्ने अभ्यास

सर्लाही, ५ पुस । यहाँ उपकरणका माध्यमले उखु काट्ने अभ्यास गरिएको छ । जिल्ला कृषि विकास कार्यालय मलङ्गवा र इन्दुशङ्कर चिनी उद्योग हरिवनको सक्रियतामा शुक्रबार अपराह्न हरिवनस्थित एक किसानको उखु काट्न उपकरणको प्रयोग गरिएको हो । घन्टामा एक लि पेट्रोल खर्च हुने हार्भेस्टर नामक उक्त उपकरणलाई बोकेर उखुको फेद काटिन्छ । उक्त उपकरणले घन्टामा पाँच कठ्ठासम्म उखु काट्ने जिकिर गरिएको छ । एक मजदुरले दिनमा बढीमा तीनदेखि चार कठ्ठामा लगाइएको उखु काटन सक्छ ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०७१