शुक्रबार, बैशाख १४, २०८१

खोटाङ्गका किसान सम्मानित

खोटाङ, १ पुस । जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरिएका छन् । दिक्तेलमा सोमबार सम्पन्न छैटौँ कृषक दिवस तथा बृहत् व्यावसायिक प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी समापनको अवसरमा दिक्तेल–५ का रामकुमार राई, नेर्पा–६ का देवराज रिजाल र लामीडाँडा–५ का कुमार श्रेष्ठलाई सम्मान गरिएका हुन् ।

गाउँमा बसेर कृषि क्षेत्रको व्यावसायिक विकासमा योगदान पु¥याएकामा उनीहरूलाई जनही रु पाँच हजार र कदरपत्रका साथ सम्मान गरिएको हो । व्यावसायिक तरकारीखेतीका लागि राईलाई, सुन्तलाखेतीका लागि श्रेष्ठ र नर्सरी उत्पादनका लागि रिजाललाई सम्मान गरिएको कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए
यस्तै अलैँचीका पिताका रूपमा परिचित बाँझेच्यानडाँडा–९ मबुका पर्खनबहादुर राईलाई विशेष सम्मान प्रदान गरिएको सो कार्यालयले जनाएको छ । उत्कृष्ट किसानलाई प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा र स्थानीय विकास अधिकारी महेन्द्र सापकोटाले नगद तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

प्रकाशित मिति: मङ्लबार, पुस १, २०७१