शुक्रबार, जेष्ठ ४, २०८१

चितवनमा जैविक विषादी उत्पादन

चितवन, २३ मंसिर । रासायनिक विषादीको प्रयोग बढिरहेका बेला चितवनमा रु १५ करोडको लगानीमा जैविक विषादीको उत्पादन सुरु गरिएको छ ।
ग्रिन हाइजनिक नेपाल प्रालिले चितवनमा यसरी जैविक विषादी उत्पादन सुरु गरेको हो । चितवनमा अहिले वार्षिक ५० मेट्रिकटन जैविक विषादी उत्पादन हुँदै आएको छ ।
जिल्ला कृषि कार्यालयमा गएको वर्ष दर्ता गरेर भर्खरै ठूलो परिमाणमा औपचारिक रूपमा उत्पादन सुरु गरेको कम्पनीका उत्पादन प्रबन्धक प्रवीण अधिकारीले जानकारी दिएका छन् ।
“उत्पादनचाहिँ लामो समयदेखि नै सुरु गरिएको हो, तर अहिले दर्ता गरेरै औपचारिक रूपमा विभिन्न जिल्लामा पठाउन थालिएको छ,”उनले बताए । ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी जैविक विषादी उत्पादन गरेकाले प्रमाणपत्र दिइएको कृषि कार्यालयले जानकारी दिएको छ । गएको वर्ष उक्त कम्पनीका कृषिविज्ञद्वारा स्थलगत अध्ययन गरिएपछि मान्यता दिने काम भएको हो । रु १० करोड लगानीमा अहिले वार्षिक ५० मेट्रिकटन जैविक विषादी उत्पादन हुने गरेको उत्पादन व्यवस्थापक अधिकारीले जानकारी दिए । झोलमात्रै २० हजार लिटर उत्पादन हुने गरेको छ । धेरै कृषकको माग भएकाले अझै उत्पादन अपुग भएको उहाँले बताउनुभयो । उक्त कम्पनीले १६ वर्षदेखि काम गर्दै आएको थियो । गएको तीन वर्षदेखि जैविक विषादी उत्पादन र परीक्षण गर्दै आएकामा कम्पनीलाई २०७०/७१ देखि मान्यता प्राप्त भएपछि औपचारिक उत्पादन थालिएको हो ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २३, २०७१