शनिबार, बैशाख १५, २०८१

कृषिको सवारी दुर्घटना चार घाईते

काठमाडौं, १२ मंसिर । कृषि विकास मन्त्रालय मातहत सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजनाको पोखरामा रहेको आयोजना समन्वय क्षेत्रीय सहयोग कार्यालयका प्रमुख उपसचिव डा.रामानन्द तिवारी सहित कर्मचारी चढेको गाडी दुर्घटना हुँदा गाडीमा सवार चार जना कर्मचारी गम्भीर घाइते भएका छन् ।
घाइते हुनेहरुमा क्षेत्रीय पशु सेवा कार्यालय पोखराका योजना अधिकृत टिकाराम खनाल, कृषि कार्यालयका बाली संरक्षण अधिकृत शिवराज बराल र सवारी चालक समेत रहेका छन् ।
आयोजनाद्धारा सञ्चालन भएका उप आयोजनाहरुको अनुगमन तथा निरिक्षण गर्न गईरहेको अवस्थामा सो दुर्घटना भएको कार्यालयले जनाएको छ ।
घाइते मध्ये डा. रामानन्द तिवारीको तत्कालै पोखरामा उपचार गरिएको भएपनि पनि अन्यलाई तत्काल उद्धार गरी काठमाडौं ल्याएको छ । घाइतेहरुलाई कृषि सचिव जयमुकुन्द खनाल र आयोजना प्रमुख योगेन्द्र कार्कीको सक्रियतामा विशेष बिमानबाट काठमाडौं ल्याई वी एण्ड बी अस्पतालमा उपचार गराईरहको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७१