शनिबार, जेष्ठ ५, २०८१

असिनाका कारण तोरीमा व्यापक क्षति

जाजरकोट, ९ कात्तिक । यहाँको उत्तरपूर्वी क्षेत्रमा असिनाले तोरी बालीमा क्षति भएको छ । गएराति परेको असिनाका कारण यहाँको खगेनकोट, रग्दा, डाँडागाउँ, लहाँ, सक्लालगायतका गाविसमा क्षति भएको हो । हावाहुरी र असिनासँगै परेका कारण फूल खेल्न लागेको तोरी बालीमा व्यापक क्षति भएको किसानले बताएका छन् । यहाँ तोरीबालीलाई तेस्रो बालीका रुपमा लिने गरेका छन् । तोरीका सबै कलिला डाँकहरु छियाछिया भएर भाँचिएका छन् । तोरीसँगै घरमा राख्न तयार हुन थालेको मास, अन्य तरकारीबालीमा पनि क्षति भएको खगेनकोटका किसान रवीन्द्र केसीले जानकारी दिनुभयो । -कृसा

प्रकाशित मिति: आइतवार, कार्तिक ९, २०७१