शुक्रबार, बैशाख १४, २०८१

मनाङलाई अग्र्यानिक उत्पादन जिल्ला बनाउने

puraskar
मनाङ्ग, ७ कार्तिक । जिल्लामा प्रांगारिक तवरबाट खेती गर्दै आईरहेको भएपनि बिषादी र रासायनिक मलको प्रयोग भईरहेकाले त्यसलाई मुक्त गरी अग्र्यानिक उत्पादन जिल्लामा रुपमा लैजानु पर्नेका जिल्ला कृषि विकास कार्यालय मनाङ्गका प्रमुख वरिष्ट कृषि विकास अधिकृत डा. हरिबहादुर के.सीले बताएका छन् ।
३४ औं विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि कार्यालय मनाङ्गद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गदै डा. के.सीले सो कुरा बताएका हुन् । सवैलाई खुवाऔं, पृथ्वीलाई जोगाऔ भन्ने नाराका साथ ३४औं विश्व खाद्य दिवस जिल्ला कृषि कार्यालयले विविध कार्यक्रम गरी मनाएको जनाएको छ ।
जिल्ला कृषि कार्यालय मनाङ्गले पारिवारिक खेती ः सबैलाई खुवाऔं, पृथ्वीलाई जोगाऔं भन्ने विषयमा अन्तर माध्यमिक विद्यालय स्तरीय निवन्ध प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितमा श्री लोकप्रिया उच्च मावि चामेकी छात्रा बालकुमारी तामाङ्ग प्रथम, छात्र डोल्कर लामा द्धितिय, श्री प्रकाश ज्योति माविकी छात्रा शर्मिला लामा तृतीय र लोकप्रिय उमाविकै छात्रा डोल्मा लामाले सान्त्वना पुरस्कार पाएका थिए ।
पुरस्कृत विद्यार्थीहरुलाई मनाङ्ग जिल्लाका स्थानीय विकास अधिकारी श्री गोपालप्रसाद अर्यालले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ७, २०७१