शुक्रबार, बैशाख २१, २०८१

अधिकांश मासु पसल मापदण्ड विपरीत

रुपन्देही, २७ असोज । उपभोक्ताको गुनासो बढ्दै गएपछि रुपन्देहीमा मासु पसलहरूलाई सुधार गर्न अभियान सुरु गरिएको छ ।

मासु पसलहरूलाई उपभोक्तामैत्री बनाउने र उपभोक्ताको हित विपरित सञ्चालित पसललाई कारबाहीको दायरामा ल्याउने उद्देश्यले सो अभियान सुरु गरिएको हो ।
यसैक्रममा जिल्ला अनुगमन समिति र मासु व्यवसायी सङ्घको एक टोलीले बुटवलबाट मासु पसलहरूमा अनुगमन सुरु गरेको छ ।
रुपन्देहीमा सञ्चालित अधिकांश मासु पसल मापदण्ड विपरीत रहेको अनुगमन समितिले जनाएको छ । मापदण्ड बाहिर रहेका पसलहरूलाई तत्कालै मापदण्डअनुसार सञ्चालन नगरिए बन्द गराउनेसमेतको चेतावनी समितिले दिएको छ ।
अनुगमनका क्रममा मासु व्यवसायीहरूले मापदण्ड पूरा नगरेको पाइएकाले ती पसललाई मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा मासु पसलहरूमा मूल्यमा एकरुपता नरहेको, मूल्यसूची नटाँसिएको, सरसफाइ नगरिएको, फ्रिजको व्यवस्था नगरिएकोलगायतका समस्या देखिएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज २७, २०७१