आइतवार, जेष्ठ ६, २०८१

कसरी महँगिन्छ तरकारी

tarakari

काठमाडौं,५असोज । किसानले जेनतेन लागत मूल्य उठाएर बेचेको तरकारबिाट व्यापारीले प्रशस्त नाफा खान्छन् । स्थानीय व्यापारी हुँदै उपत्यकाका उपभोक्तासम्म पुग्दा तरकारीको मूल्य झण्डै तीनगुणाले बढ्ने गर्दछ । यो प्रक्रियामा उत्पादन गर्ने किसान र अन्तिम खरिद गर्ने उपभोक्ता नराम्ररी ठगिने गर्छन् ।
काभ्रेमा उब्जाइएको तरकारी काठमाडौंका उपभोक्तासम्म आईपुग्दा व्यापारीले मूल्य निर्धारणमा मनोमानी गरेको पाईन्छ । किसानबाट खरिद गर्दा नै व्यापारी आफूले चाहेको मूल्य तोक्छन्, निर्धा किसान त्यही दरमा बेच्न वाध्य हुन्छन् ।
काभ्रेको उग्रचण्डीनाला स्थित सेरा बजारको तरकारी संकलन केन्द्रमा व्यापारीले तोकेको भाउ चल्छ । त्यसमा आनाकानी गर्ने किसानको तरकारी विक्री हुँदैन । व्यापारीले भनेको मूल्यमा तरकारी नबेचे फर्काउनु पर्ने बाध्यता छ । लामो बाटो छिचोलेर आएका किसानले तरकारी फर्काएर लग्दैनन् । त्यस्ेले जति मूल्य तोके पनि किन्न पाईन्छ भन्ने व्यापारीको मानसिकता छ । हामी किसानलाई व्यापारीले मारेका छन्,‘ सेराको तरकारी केन्द्रमा भेटिएकी किसान कल्पना गिरीले भनिन् ।
सेरा केन्द्रमा तरकार िबेच्न ढेड दुई घण्टाको कठिन बाटो छिचोलेर पनि किसान आउने गर्दछन् । टुकुचा गाविसको गैरी गाउँबाट ढेड घण्टा हिँडेर आएकी मेनुका गिरीले १२ रुपैयाँ प्रतिकिलोको दरले एक डोलो मूला बेचिन् । उनले बेचेकै दिन काठमाडौं कालिमाटी तरकारी बजारमा मूलाको मूल्य ३० प्रतिकेजी थियो । तरकारी बेच्ने त्यही एउटा ठाउँ छ , व्यापारीले जनि भत्यो त्यतिमा दिनु हाम्रो वाध्यता हो उनले भनिन् ।
व्यापारीले तोकेको मूल्यमा बार्गेनिङ्ग गर्ने किसानलाई झन् अप्ठ्यारो पारिन्छ । सेरा केन्द्रमा नै एक बोरा हरियो खुर्सानी बेच्न आएकी सावित्री दाहाललाई पनि त्यस्तै भयो । धार्नीको एक सय ४० रुपैयाँ मात्रै दिने भनिरहेका व्यापारीसित एले एक सय साठी रुपैयाँ मागिन् । धेरैबेर दुईजनावीच बार्गेनिङ्ग चलिरह्यो । केही सीप नचलेपछि सावित्री धार्नीको एक सय पचास रुपैयाँमा झरिन् । तर दिन ढल्कँदै गएको मौका छोपेर व्यापारीले उनलाई १ सय ३० रुपैयाँ मात्र दिन सक्ने भन्यो । धेरैबेरको रस्साकस्सीपछि मलिनो अनुहार लगाउँदै सावित्रीले व्यापारीको जिम्मा लगाइन् ।

कसरी महंगिन्छ तरकारी ?
किसानले बेचेको तरकारी कुनै एउटा थोकविक्रेता मार्फत मात्रै उपभोक्तासम्म पुग्दैन । सामान्यतया चार तह पार गरेर उपभोक्तासम्म तरकारी पुग्छ । शुरुमा संकलन केन्द्रका व्यापारीले किसानबाट तरकारी खरिद गर्छन् । प्रारम्भिक चरणका यस्ता व्यापारीले किसानलाई पेलेर भए पनि सस्तो दरमा तरकारी किन्छन् । ती मध्येकै एक हुन् सेरा तरकारी बजार केन्द्रका व्यापारी सहदेव दाहाल । उनका उनुसार किसानबाट तरकारी खरिद गर्ने प्रारम्भिक व्यापारीले कमिशनमा थोकव्यापारीलाई तरकारी बेच्छन् ।
थोकव्यापारीलाई तरकारी बेच्दा कति मूल्य भन्ने निर्धारण हुँदैन, थोकले जनि धेरै मूल्यमा अरुलाई विक्री गर्न सक्छ , त्यसका आधारमा कमिसन पाउने हो’ दाहालले भने । सामान्यतया किसानबाट खरिद गरिएको प्रतिकिलो मूल्यमा कम्तिमा १५ रुपैयाँ थप गरेर कमिसन लिने गर्छन् । किसानबाट संकलन गरिएको तरकारी प्रारम्भिक व्यापारीले नै थोकव्यापारीसम्म पु¥याउने गर्छन
थोपव्यापारीबाट पनि तरकारी सिँधै खुद्रामा जाँदैन । विभिन्न चोकमा लाने साना तरकारी बजारमा सम्पर्क भएका व्यापारीले थोकबाट तरकारी किन्छन् । यस्ता व्यापारीले सटरभाडा धेरै तिर्नुपर्ने , लोडअनलोड गर्ने कामदार राख्नु पर्ने कारण देखाँउदै तरकारीमा कम्तिमा १० रुपैयाँ प्रतिकिलो मूल्य जोडेर अर्को थोकव्यापारीलाई विक्री गर्दछन् । त्यसपछि तेस्रो थोकव्यापारीले सम्पर्कमा रहेको खुद्रा व्यापारीलाई तरकारी बेच्छ । यो समूहका व्यापारीले पनि कम्तिमा १० रुपैयाँ प्रतिकिलो मूल्य बढाउँछन् । खुद्रा व्यापारीबाट बल्ल उपभोक्ता कहाँ तरकारी आउने गर्दछ । खुद्रा व्यापारीले प्राय ; आफ्नै लागतमा थोकबजारबाट तरकारी ढुवानी गर्दछन् । यिनीहरुले पनि प्रतिकेजी कम्तिमा ५ रुपैयाँ प्रतिकिलो बढाएर उपभोक्ताहरुलाई बेच्ने गर्दछन् । यसरी किसानले बेचेको तरकारी उपभोक्तासम्म पुग्दा झण्डै तीनगुणा मूल्य बढ्न ।

कालीमाटीका व्यापारीले धेरै नाफा खान्छन् ; सहदेव दाहाल, संकलन केन्द्रका व्यापारी
किसानबाट सीधै तरकारी किन्ने प्रारम्भिक हामी नै हौं । बजारमा कुन तरकारीको मूल्य र माग धेरै छ बुझेर खरिद गछौं । संकलन केन्द्रमा धेरै व्यापारी छन् । ती सवैसाग प्रतिष्पर्धा गरेर तरकारी किन्नु पर्दछ । तरकारी किनेर थोक बजारसम्म नपु¥याउञ्जेलसम्मको सम्पूर्ण जोखिम पनि हाम्रै हुन्छ । लागत पनि उच्च छ ।
किसानले तरकारी बोरा र डोकामा ल्याउँछन् । बोरामा तरकारी बजारसम्म ढुवानी गर्न मिल्दैन । क्रेटमा हालेर लैजानु पर्छ । क्रेट आफैले किन्न पर्दछ । गाडी पनि आफ्नै चाहियो, ड्राईभर पाल्नुपर्दछ, तरकारी लोड गर्ने भरिया पनि राख्नुपर्दछ । संकलन केन्द्रमा कोठा भाडामा लिनु पर्दछ । ढुवानी गर्दा ढिलोभएर तरकारी विग्रिने नोक्सानी पनि हाम्रै हुन्छ । किनेको तरकारी कतिमा विक्री गर्ने भनेर हामीले नै मूल्य तय गर्न पाउँदैनौं । थोक विक्रेताले कति मूल्यमा हाम्रो तरकारी बेच्छ, त्यो अनुसार कमिशन लिनु पर्दछ । कहिलेकाँही माल धेरै भएर हामीले किसानबाट गरिद गरेभन्दा पनि सस्तो मूल्यमा थोकले तरकारी बेचिदिन्छ । त्यो बेला घाटा सहनु पर्यो । सवै जोखिम मोलेर हामीले तरकारी कालिमाटीको थोक बजार पु¥याईदिन्छौं । उनीहरुले नै मोलमोलाई गरी बेच्छन् । त्यसैले हामीले होइन कालिमाटीका थोप व्यापारीलाई मुनाफा छ । हामीले त कमिसनमा काम गर्ने हुँदा धेरै लाभ लिन पाउँदैनौं । कालिमाटीमा भने सटर भाडामा लिएरका भरमा व्यापारीले नाफा कमाईरहेका छन् ।

व्यापारीले किसान मारेका छन् : कल्पना गिरी किसान
काभ्रेका् टुकुचा गौरीगाउँ घर हो । मुला बेच्न आएकी हुँ । हेर्नुस्, यी व्यापारीले हामी किसानलाई मारेका छन् । जहिल्यै पनि हाम्रो तरकारी सस्तोमा किनेर लान्छन् । अरुतिर नजिक बेच्ने ठाउँ नभएकाले पनि हामी सेरामा तरकारी बेच्न वाध्य छौं ।
यहाँ पनि हामीलार्य तरकारी बेच्न सजिलो छैन । हामीलाई त शहरमा कुन तरकारीको माग भईरहेका छ भनेर थाहाँ हुँदैन । व्यापारीले हाम्रो तरकारी किन्न हतार गर भने शहरमा यसको माग रहे भनेर बुझ्ने हो । तरकारी ल्याएर धेरैबेर कुर्नु प¥यो भने व्यापारील ल यतिमा देउ, उठाइदिन्छु भन्छन् । बार्गेनिङ्ग ग¥यो भने त्यो पनि नकिन्लान् भन्ने डरले उनीहरुले भनेकै मूल्यमा तरकारी दिन्छौं ।
हामी मरिमरि दुख गरेर तरकारी फलाउँछौं, त्यति टाढाबाट वोकेर ल्याउँछौं, तर यी मोराले फाइदा खान्छन् । हामीलाई त नाफै छैन तर पनि बारीमा अरुभन्दा तरकारी नै छिटो फल्न र पैसा हात लाग्छ । हामीले त्यति दुख गरेर ल्याएको तरकारीमा पनि व्यापारीले खोट देखाएर मूल्य घटाउँछन् । एक भारी गोलभेंडामा एउटा दुइटा विग्रियो भने किलोमा दुईचार रुपैयाँ घटाईदिन्छन् । उनीहरु जसो भन्छन् त्यही मान्न हामी वाध्य छौं । -अजित अधिकारी

प्रकाशित मिति: आइतवार, अशोज ५, २०७१