आइतवार, बैशाख २३, २०८१

दक्षिण भेगमा बिषादी प्रयोग बढ्दै

काठमाडौं, १२ भाद्र । काठमाडौंको दक्षिण भेगमा तरकारी खेती गरिरहेका किसानहरुले बिषादी प्रयोग नगरी उत्पादन बढाउन नसकिने बताएका छन् । फर्पिङ्गका केही किसानहरुले सरकारले बिषादी प्रयोग न्यूनिकरण भनेको भएपनि बिषादी प्रयोग न्यूनिकरण हुने सम्भावना नभएको किसानहरुले बताएका छन् । किसानहरुले रोपेको काँक्रो, टनेलमा उत्पादन गरिएको गोलभेंडा, काउली लगायतका तरकारीहरुमा बिषादी हाल्ने पर्ने र हालिरहेको स्वीकार गरिरहेका छन् ।

basटनेलमा उत्पादन गरिएको गोलभेंडामा बिषादी प्रयोग गरिरहेकै अवस्थामा फेला परेका कृषक समन्वय समितिका सदस्य समेत रहेका एक किसानले कृषि सहकर्मीलाई मुखले भन्न र कामले गर्न धेरै फरक रहेको बताए ।
तरकारीमा बिषादी नहाले किराले खत्तम पार्दछ, त्यसको विकल्प छैन अनि बिषादी नहाले के हाल्नु त ? उनको तर्क थियो । बिषादी प्रयोग गरिरहेका ती किसानले बिषादी प्रयोग गर्दा माक्स लगायत आवश्यक सामग्री प्रयोग समेत गरेका थिएनन् । बिषादी प्रयोग गर्दा माक्स, पन्जा किन नलगाएको यसले त तपाईलाई नै असर गर्दछ नि भन्दा उनी आऽ ऽ भन्दै पन्छिन खोजेका थिए ।

प्रकाशित मिति: बिहिबार, भदौ १२, २०७१