सोमवार, बैशाख २४, २०८१

कृषि संचारमा कोशे ढुङगा बन्दै कृषि साप्ताहिक – हेमराज बोहरा

 Hem raj bohora

सूचना प्राप्त गर्नु वा लिन पाउनु हरेक नागरिकको अधिकार हो भने सूचना प्रवाह गर्नु सरकार र सरोकारवाला निकायको दायित्व हो । यी दुई अवयव वच को श्रोत संचार क्षेत्र र संचारकर्मी हुन । विगत लामो समय देखि विभिन्न समसामयिक सूचना संप्रेषण र प्रकाशित हुदै आएका छन् तर मुलुकको समग्र अर्थतन्त्रमा ठुलो हिस्सा ओगट्न सफल कृषि क्षेत्रले भने भर्खरै मात्र सूचना संप्रेषणमा तीव्रता पाउन थालेको छ यो हामी कृषिसंग कुनै न कुनै रुपमा साईनो राख्ने हरेक व्यक्ति वा संस्थाको लागि गौरबको कुरा हो ।
विगत लामो समयदेखि राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्र पत्रिका मा छिटफुट रुपमा पत्रिकाको छेउछाउ र कुना काप्चामा कृषि समाचारहरुले उपस्थिति जनाए पनि समग्र कृषि क्षेत्रकै सन्दर्भमा कृषि पत्रिका कै नामबाट नितान्त कृषिसंग सम्बन्धित कृषक, वीज्ञ, प्राविधिक तथा व्यवसायीहरु लगायत कृषि क्षेत्रका हुदै गरेका विभिन्न नविनतम अनुसन्धान पद्धती प्रविधि र परिणामलाई लक्षित बर्ग जो कृषि सेवामा समर्पित छ र रात दिन खेतबारीमा माटोसंग खेलिरहन्छ उनीहरुका ताजा खबर, कृषि सन्देश कृषि सम्बन्धि सरकारी नीती तथा कार्यक्रम लगायत यावत गतिविधिहरुलाई ग्रामिण तथा विकट बस्तीहरुका कृषकहरुलाई सु–सुचित गर्दै विगत २ बर्ष देखि समग्र मुलुककै कृषि खवरको माध्यम बन्न सफल कृषि साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाकालको दोस्रो वर्ष पुरा गरि तेस्रो बर्षमा प्रबेश गरेको छ, सर्ब प्रथमत यो पत्रिका लगायत पत्रिकासंग सम्बन्धित सम्पुर्ण सम्पादन तथा रिर्पोटिङ टिमलाई अझै जनताको दैलो दैलोमा पुगेर कृषकका आवश्यकता, चाहाना, पिर मर्का र बेदनाहरुलाई पहिचान गरि सरकार तथा आम जनताका अतिरिक्त सरोकार वाला निकायसम्म पु¥याई सरकार र कृषकवीच एउटा मध्यस्थकर्ताको भुमिका निर्वाह गर्ने पत्रिकाको प्रयास आगामी अंकहरुमा अझ बढि प्रभावकारी हुन सकोश र कृषि साप्ताहिक आम कृषक, व्यवसायी, उद्योगी, पेशाकर्मी, वीज्ञ, प्राविधिक लगायत नेपाल सरकारको निकटतम् सहयात्री बनी कृषि सूचनाको क्षेत्रमा अग्रणी स्थान हासिल गरोस भन्ने शुभ कामना व्यक्त गर्दछु ।
हाम्रो देश एक हिमाली, पहाडी लगाएत दुगर्म र विकट बस्तीहरुले भरिएको छ, जहां राज्यको उपस्थीति ज्यादै न्यून रहेको छ । सरकारको राजनितिक अस्थीरता र दिर्घकालीन सोचको अभावका कारण मुलुकमा प्रसस्तै सम्भावना बोकेको कृषि क्षेत्रले आशातित परीणाम हांसील गर्न सकिरहेको छैन । यसका पछाडी विविध कारणहरु होलान ति सम्पुर्ण कारण मध्य कृषि क्षेत्रबाट गरिएका प्रयासहरु के कति गरिए, के कति परिणाममुखी र प्रमुखकारी भए भनेर त्यसको लेखाजोखा राख्ने गरेको पाईदैन, जस्ले गर्दा कृषकहरु माझ सरकारको उपस्थिति न्यून देखिन्छ भने कृषि विकासको समग्र परिप्रेक्ष्यलाई समेटेर यथार्थ गतिविधिहरुलाई सार्वजनिक गर्न नसकिरहेको अवस्थामा यो नितान्त आवश्यक छ र निकै महत्वपुर्ण पनि किन भने देशको विविध भौगोलिक वातावरण र प्राकृतिक विविधताका कारण भौगोलिक परिबेश अनुसार उपयुक्त कृषि पद्धति वाली तथा बस्तु उत्पादनको सम्भावना र उपयुक्ततालाई अध्ययन गरि भौगोलिक तथा वातावरणीय दृष्टिकोणबाट सम्भाव्य बाली तथा खेति पद्धतिको विकास हुन सकेको खण्डमा भर्खर भर्खर व्यवसायिक कृषि प्रणालिकोे मार्ग फराकिलो हुदै कृषि क्षेत्रले केहि उत्साहजनक गति लिन लागेको यो अबस्थामा समय सापेक्ष सूचना सम्प्रेषण गरि आम कृषक तथा सरकारी र गैर सरकारी निकायहरुलाई झक झक्याउन एउटा उत्प्रेरकको रुपमा आम किसानलाई सचेत बनाउनु कृषि संचारको दायित्व हो जस्को जिम्बेवारी पुरा गर्न कृषि साप्ताहिक केहि हदसम्म सफल हुन सकेको छ ।
कृषि क्षेत्रमा हुने गरेका परिवर्तत, कृषिको रुपान्तरण, विविधिकरण, व्यावसायीकरण र कृषिमा आधारित औद्योगीकरणको मार्ग प्रशस्त गर्न कृषि क्षेत्रको सूचना सम्प्रेषण र प्रचार प्रसार , कृषकहरुमा चेतना अभिबृद्धि र जागरुकता ल्याउन साथै कृषिसंग सम्बिन्धित नीति र कार्यक्रमको जिम्मेवारी बहन गरेका निकायहरुलाई सहयोगका साथ साथै आवश्यक रहेको खण्डमा खवरदारी दुबै आबश्यक छ । जस्को लागि कृषि क्षेत्रको छट्टै र सक्षम एवमं प्रगतिशिल छापा संचारको आबश्यकता पर्दछ । जस्को एउटा कुशल प्रतिनिधित्व कृषि साप्ताहिकले गरि रहेको छ भने अन्य कृषिसंग सम्बन्धित मासिक पत्रिकाहरुले पनि थप टेवा दिदै आएका छन् । कृषि क्षेत्रबाट, कृषिलाई मात्र समेटेर पत्रिका प्रकाशन गर्नु त्यति सहज छैन, तर पनि केही पत्र पत्रिकाहरुले यस क्षेत्रमा हात हालेर समग्र कृषि क्षेत्रमा हुने कृषि नीति तथा कार्यक्रम कृषि रुपान्तरणका पहलहरु, कृषिको व्यावसायीकरणमा गरिएका प्रयासहरुलाई पत्र पत्रिकाका माध्यमबाट कृषि फिल्डसम्म पु¥याई नयां नयां पद्धती प्रविधि र कार्यक्रमको जानकारी गराई सरकारी सेवा को पहुंच सम्म पु¥याउने काममा कृषि संचार जगत अहोरात्र खटेको छ जो नेपाली कृषकको लागि निकै खुसीको कुरा हो ।
नेपाललाई आर्थिक रुपमा समृद्ध बनाई विश्व सामु प्रतिष्प्रर्धा गर्न एउटा बलियो र प्रमुख अस्त्र भनेको कृषि पद्धतिको विकास गरि औधोगीकरण नै एक मात्र मार्ग हो । यो कुरा सबै लाई थाहा छ तर पनि नेपालमा हरेका आ.ब.मा सरकारले बजेट ल्याउदा कृषि प्रति भरोसा राख्ने र कृषिमा नेपालको भविष्य उज्ज्वल देख्नेहरुले सधै लडाई गर्नु पर्ने बाध्यात्मक परिस्थीतिले गर्दा कृषि मा उत्साहजनक प्रगति हुन सकिरहेको छैन, यस कारण यो कुरा सबै आम नेपाली जनताले बुझनु जरुरी छ, जस्मा नेपालमा पत्रकारिता गरिरहने पत्रकारहरुले पनि निकै गम्भीरताका साथ मनन गर्नै पर्छ । अब यहां कुनै खास क्षेत्रका सिमित व्यक्तिहरुलेमात्र लडाई लडेर हुदैन यहां आम नेपाली जनता, जस्मा, विज्ञ, प्राविधिक, कृषक, व्यवसायी , राजनीतिज्ञ, समाजसेवी , पत्रकार, विद्यार्थीहरु, शिक्षक , कर्मचारी र दिनहुं पन्ध्रसयको हाराहारीमा विदेशीने युवा जमातले पनि नेपालको भुमिमा भविश्य देख्नु पर्छ र आ–आफ्नो तप्काबाट कृषि क्रान्तिकालागि हातेमालो गर्नुपर्छ जस्मा सूचना तथा संचार माध्यमहरुको भुमीका महत्वपुर्ण हुने हुदां विशेष महत्वका साथ आम जनताका सामु कृषि क्षेत्रका सवाललाई सार्वजनिक गर्दै सरकार र सम्बन्धित निकायहरुलाई व्यूझाउनु पर्ने हुन्छ । यस कारण कृषि विकासमा संचारकर्मीहरुको भुमिकाले निकै महत्वपुर्ण स्थान ओगटन सक्छ, हालसम्म सरकारी निकायहरुबाट विभिन्न कार्यक्रमहरुको नाममा करोडौ रुपैयां माटोमा मिलाई सकिएको छ । तर आम कृषक समुदायमा सरकारप्रतिको दृष्टिकोण निकै दयनीय रहेको पाईन्छ यहां सरकारले कत्ति पनि कामै नगरेको भने होईन तर हाम्रो समाजमा ठुला उपलब्धि र सफलता भन्दा स–साना त्रुटिहरु छिटै फैलन्छन् यो सब यथार्थ सूचनाको अभावका कारण भएको हो त्यसैले सर्ब प्रथम स्थानीय स्तरदेखी केन्द्रिय निकायसम्मका यथार्थ गतिविधिहरु जस्ताको तस्तै सार्वजनिक हुनु जरुरी छ भने कृषकका सफलता सरकार तथा अनुसन्धान बाट विकसित नयां नयां प्रविधि र पद्धतिहरु पनि स्थानिय स्तरसम्म पुग्नु पर्ने हुन्छ जस्को उपयोगबाट कृषकले फाईदालिन सकोश, यस कारण हाम्रो मुलुकमा कृषि क्षेत्रको विकास विस्तारमा खाली बाहिय संचार जगतमा मात्र नभएर सेवा प्रदान गर्ने माथिल्लो निकायहरुमा पनि आफ्ना नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउन समयानुकुल सूचना संचारको व्यवस्थापन जरुरी छ, त्यसैले कृषि विकासमा कृषिसंग सम्बन्धित पत्र पत्रिकाहरुको भुमिका अतुलनिय रहन्छ र रहने छ ।

प्रकाशित मिति: सोमवार, भदौ ९, २०७१