बुधबार, बैशाख २६, २०८१

मनाङमा स्याउ उत्पादन १० प्र्रतिशतले घट्ने

पोखरा, २४ साउन । मनाङ जिल्लामा यस वर्ष स्याउ उत्पादन १० प्रतिशतले घट्ने भएको छ ।

स्याउको फूलफुल्ने बेलामा सुक्खा मौसम र प्रतिकूल वातावरणका कारण जिल्लाको माथिल्लो क्षेत्रमा उत्पादन ठीकै भए पनि तल्लो क्षेत्रमा स्याउका दाना पातलो लागेको जिल्ला कृषि विकास कार्यालय मनाङका बागवानी अधिकृत रामचन्द सेढाइँले बताउनुभयो ।
Appaleजिल्लामा गत वर्ष ७३० मेट्रिकटन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउको बिक्रीबाट कृषकले झन्डै रु एक करोड ८० लाख कमाइ गरेका थिए । मनाङमा उत्पादित अधिकांश स्याउ आन्तरिक रुपमा नै खपत हुने गर्दछ ।
उत्पादित अधिकांश स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिहरूले नै किन्ने गर्दछन् भने केहीमात्रामा लमजुङको बेँसीसहर र काठमाडौँमा बिक्रीका लागि पठाइने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यस वर्ष जिल्लामा १८० हेक्टर क्षेत्रमा स्याउ लगाइएको छ । जिल्लाका १३ गाविसमध्ये ११ गाविसमा स्याउ उत्पादन हुने गर्दछ भने विकट नार र फू गाविसमा भने स्याउखेती गरिँदैन

प्रकाशित मिति: शनिबार, साउन २४, २०७१