सोमवार, जेष्ठ ७, २०८१

क्षेत्रीय गोष्ठीमा सचिव आक्रोशित

काठमाडौं,२४ श्रावण । भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा राख्नु पर्ने कुरा एक बर्ष अगाडि नै आईसक्दा पनि त्यसलाई कार्यान्वयन ल्याउन सम्वन्धित निकायले चासो नदिएको भन्दै कृषि सचिव जयमुकुन्द खनालले आक्रोश पोखेका छन् । क्षेत्रिय कृषि÷पशु निर्देशनालय मध्यमाञ्चलद्धारा आयोजिन तेस्रो चौमासिक एवं वार्षिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्ने क्रममा सचिव खनालले आक्रोश व्यक्त गरेका हुन् ।
jayaमन्त्रालयले ल्याएका नीति तथा कार्यक्रमहरु एवं मन्त्रालयले दिएका निर्देशन नमान्ने, कार्यान्वयन नगरिदिने हो भने मन्त्रालय मातहत रहेको १२ हजार भन्दा बढी कर्मचारीको औचित्य माथि नै प्रश्न उठ्न सक्ने उनले बताए । कृषि विकासका लागि सचिव एउटैले मात्र गरेर हुने भए १२ हजार कर्मचारीको के कामका लागि उनले प्रश्न गरेका थिए ।
मध्यमाञ्चलका १९ वटै जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको सो गोष्ठीमा सचिव खनालले कृषि क्षेत्रमा आत्मनिर्भर हुनका लागि कृषि विकास मै ध्यान दिनु पर्ने बताउँदै कुनै कर्मचारीलाई पनि कामबाट नपन्छन आग्रह गरे ।
कार्यक्रममा बोल्दै खनालले बिषादी प्रयोगका कारण पछिल्लो समयमा धेरै नै समस्या देखिन थालेकाले सम्वन्धित निकायलाई यस तर्फ चनाखो रहन भन्दै बिषादीको विक्री वितरण गर्ने संस्था तथा प्रयोग गर्ने किसानहरुलाई कडा निगरानी राख्नु पर्ने समेत बताए । सचिव खनालले बाली उत्पादन हुने जति पनि भूमिहरु छन् ती सवै खाद्य उत्पादनका लागि नै प्रयोग ल्याउन जग्गा धनी वा किसानहरुलाई उत्प्रेरित गर्ने तर्फ जिल्लाका कृषि कार्यालयहरुले अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा अगाडि बढ्नु पर्नेमा समेत जोड दिए ।
कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशक टेकबहादुर बमले क्षेत्रीय निर्देशनालयको कार्यविवरण प्रस्तुत गरेका थिए । कमला नेपाल

प्रकाशित मिति: शनिबार, साउन २४, २०७१