बिहिबार, बैशाख २७, २०८१

खाद्य प्रविधिमा चौविसै घण्टा उज्यालो

काठमाडौं, २० श्रावण । कृषि सचिव जयमुकुन्द खनालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा २४ सै घण्टा विद्युत आपूर्तिको लागि डेडिकेटेड फिडर लाईनको उद्घाटन गर्नु भएको छ । फिडर उद्घाटनपछि खाद्य प्रविधि अध्यारोबाट मुक्त हुने भएको छ ।
Jaymukund khanal-2उद्घाटन कार्यक्रमलाई सम्वोधन गदै सचिव खनालले कृषि विकास मन्त्रालय मातहत रहेका सवै कार्यालयहरुमा अनिवार्य डेडिकेटेड फिडर लाईनको व्यवस्था गर्न आफू लागि परेको र त्यसकै परिणाम खाद्य प्रविधिमा जडान भएको समेत बताउनु भयो । कृषि विकास मन्त्रालय मातहतका केही कार्यालयमा डेडिकेटेड फिडर सञ्चालन भईरहेको र वाँकीपनि भई हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा वोल्दै खनालले वत्ति नभएकै कारण कालिमाटीमा अवस्थित दु्रत विषादी विश्लेषण मेसिनको उपयोग गर्न कठिनाई भईरहेको समेत बताउनु भयो ।
खनालले कृषि उत्पादनका लागि प्रयोग गरिने रासायनिक मल केहिहदसम्म न्युनिकरण गर्दै लैजान कृषिसंग सम्वन्धित सवै निकायलाई आग्रह गरेको वताउनु भयो ।
कार्यक्रममा वोल्दै कार्यक्रमका अध्याक्ष एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवन प्रभा लामाले बत्ति नभएका कारण सेवाग्राहीहरुले सेवा पाउन गा्रहो भईरहेकोमा डेडिकेटेड फिडरका कारण सहज रुपमा सेवा पु¥याउन मद्दत पुगेको बताउनु भयो । साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पछिल्ला समयमा थप चुनौतिहरु थपिएको समेत बताउनु भयो । –कमला नेपाल

प्रकाशित मिति: मङ्लबार, साउन २०, २०७१