बुधबार, बैशाख २६, २०८१

अर्गानिकका नाममा उपभोक्ताहरु ठगिदै

 काठमाडौं, १७ श्रावण । काठमाडौंको कालिमाटी तरकारी बजारमा बिषादी विश्लेषण प्रयोगशाला स्थापनापछि सो बजारमा यतिखेर तरकारी किन्ने उपभोक्ताहरुको संख्या ह्वात्तै घटेको छ । कालिमाटी तरकारी बजारमाबाट एकाविहानै तरकारी किनेर टोल टोलमा तरकारी विक्री गरिरहेका साना व्यवसायीहरु पनि आफ्ना पसललाई निरन्तरता दिने कि नदिने भन्ने सोचमा पुगेका छन् । गतसाल बर्डफ्लुको आतंक भए जस्तै यो बर्ष तरकारीमा बिषादी आतंकले आम उपभोक्ताहरु विस्तारै विस्तारै ठगिदै गईरहेका छन् । यसको प्रत्यक्ष मारमा किसान र उपभोक्ताहरु नै परिरहेको भएपनि सम्वन्धित निकायले चासो दिन नसक्दा बिषादी प्रयोग भएका तरकारीको विकल्प देखाएर उपभोक्ता ठगि गर्ने गिरोह रातारात धनी बन्न लालायित छन् । बिषादी प्रयोगको आतंक मच्चाएर उपभोक्ता माथि लुट मच्चाईरहँदा पनि उपभोक्तावादी संस्थाहरु मौन बस्नुको कारण अव खोतल्नु पर्ने बेला भएको छ । कालिमाटी बजारमा गोलभेंडा फाल्नुकोका कारण, बिषादी प्रयोगशालाको स्थापना अनि बिषादी प्रयोगका नाममा उपभोक्तामाथि अर्गानिकका नाममा ज्यादती बढाउने व्यवसायीमाथि सरकारले छानविन गरेर उपभोक्ता र किसानलाई समेत न्याय दिनु पर्ने छ । यतिखेर तरकारीमा बिषादी प्रयोगले जसरी हौवा पिटिएको छ । त्यसैगरी काठमाडौं लगायतका देशका विभिन्न शहरमा अर्गानिक तरकारीका नाममा तरकारी व्यवसाय गर्नेहरुको संख्या बढ्दै गईरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभाग र मातहतका सम्वन्धित निकायहरुले त्यसप्रति निगरानी बढाएको भने देखिंदैन । किन निगरानी बढाउन सकिरहेको छैन । यदि अर्गानिकका नाममा उही कालिमाटीको तरकारी ती बजार वा पसलमा विक्री भईरहेका त छैनन् भन्ने प्रश्न पनि उब्जन थालेको छ । कहाँबाट ल्याईन्छ ती अर्गानिक तरकारीहरु ? यसले प्रमाणित गरिरहेको छ अर्गानिक तरकारीहरु? प्रश्न गम्भीर छ । सम्वन्धित निकायले बेलैमा चासो नदिए त्यसले ठूलो असर पु¥याउने देखिन्छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७१