सोमवार, बैशाख ३१, २०८१

मेसिन अभावमा तरकारी र फलफूलमा प्रयोग भएको विषादी जाँच्न समस्या

पानीट्याङ्की (मोरङ), १३ साउन । आधुनिक मेसिनको अभावमा यहाँका बजारमा विषादी प्रयोग गरी बिक्री भइरहेका फलफूल र तरकारीको जाँच गर्न समस्या भएको  छ । बजारमा बिक्री हुने काँचो तरकारी र फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग भइरहेको भए पनि जाँच गर्ने मेसिन नहुँदा अनुगमन गर्न समस्या भएको हो । जिल्ला कृषि विकास कार्यालय मोरङका अनुसार तरकारीमा विषादी प्रयोग भए÷नभएको जाँच गर्ने मेसिन देशभरमा एक थान मात्र छ । हाल उक्त मेसिन काठमाडाँैको कालीमाटीस्थित तरकारी बजारमा मात्र प्रयोग भइरहेको छ । मेसिन नहुँदा पूर्वको विराटनगरलगायतका बजारमा  बिक्री भइरहेका तरकारी र फलफूल तत्काल जाँच गर्न नसकेको कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले बताउनुभयो । विराटनगरमा भारतीय बजारबाट पनि प्रशस्त विषादी प्रयोग गरिएका फलफूल र तरकारी आयात भई बिक्रीवितरण हुने गरेको छ ।

-कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, साउन १३, २०७१