शुक्रबार, बैशाख १४, २०८१

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा अख्तियार

काठमाडौँ, १० श्रावण । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कर्मचारीहरुको मनमरीतन्त्रका कारण यतिखेर कृषि अनुसन्धान परिषद्भित्रको साख गिर्दै गईरहेको छ । कर्मचारीहरुको यही कमाउ धन्दाका कारणले नै कृषि अनुसन्धान परिषद्भित्र भईरहेको आर्थिक अपारदर्शिता एवं अनियमितता भईरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नार्कमा छापा मारेको छ । Narc
त्यहाँ भित्र भईरहेको सम्पूर्ण प्रशासनिक एवं आर्थिक कामकार्वाहीको पारदर्शिता नभएर कार्वाही गर्ने चेतावनी अख्तियारले दिएको छ । नार्कमा प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत नवीन प्रकाश पौडेल कार्यालय भित्र गरेको गुटवन्दी तथा आर्थिक चलखेलका कारण नार्क झन् झन् बदनाम हुँदै गएको खुल्न आएको छ । पौडेल प्रशासन महाशाखा प्रमुख र सम्पत्ति व्यवस्थापन प्रमुख रहँदा सरुवा बढुवा र पदपूर्तिमा व्यापक रकमको दुरुपयोग गरेको उजुरी समेत अख्तियारमा परेको छ । गएको बर्षमा एक निजी टेलिजिभन च्यानललाई कार्यक्रम उत्पादन बापत भन्दै विना प्रतिष्पर्धा लाखौं रुपैयाँ उपलब्ध राम्रै रकम असुल्न समेत पौडेल सफल भएको स्रोतका दावी छ । कृषि अनुसन्धान परिषद्का ५८ वटै कार्यालयभित्र अनियमिताका लागि नेटवर्किङ्ग मिलाएर संगठित रुपमा नै भ्रष्टाचार गर्दै गरिरहेकाले पौडेलमात्र होइन नार्कका केही उच्च अधिकारी नै अख्तियारको छानविनको घेरामा परेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७१