शनिबार, बैशाख १५, २०८१

नाम फेर्ने तयारीमा मह एग्रिकल्चर

maha-jodiकाठमाडौं, ८ असार । चर्चित हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात मह जोडीलाई नचिन्ने सायद कमै होलान् । स्वदेशी मात्र होइन विदेशीले समेत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम सुनेका होलान् पनि । यिनै चर्चित अनुहारहरुले सामाजिक रुपान्तरणमा धेरै नै गुण लगाएका पनि छन्, अनि यिनै व्यक्तिहरुको नाम बदनाम गराउनेहरु पनि त्यत्तिकै छन् । विशेष गरी सामाजिक रुपान्तरणका लागि कलाकारिताका माध्यमबाट समाजमा पु¥याएको मह जोडीको योगदानलाई धेरैले भुल्न पनि सक्दैनन् । यतिखेर मह जोडीको नाममा बदमासी हुन थालेको छ । मह जोडी आफैले गरे वा गरेनन् भन्ने कुरा पनि अव छानविनको घेरामा आउनु पर्दछ । पछिल्लो समयमा मह जोडीका नाममा स्थापित भएको मह एग्रिकल्चर प्रा.लि.ले गरेका कृषि भित्रका चलखेलहरुका कारण मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाममा बदमासी भएको भन्ने आरोप पनि लाग्दै आएको छ । नेपाली कृषि क्षेत्रलाई व्यवसायिकरण गर्नु पर्दछ  भनिरहेका बेला मह जोडीका नाममा मह एग्रिकल्चर स्थापना भयो । मदनकृष्ण श्रेष्ठको पुर्खौली थलो काठमाडौं बालाजु नजिकै रहेको जितपुरफेदीको १८ रोपनी जग्गा भाडामा लिएर शुरु गरिएको सो फार्ममा मदनकृष्ण श्रेष्ठ र हरिवंशको शुरुमा लगानी समेत गरेका थिए । पछि हरिवंश आचार्यले छोरा मोहितवंश आचार्यको नाममा आफ्नो लगानी सारेको देखिन्छ । महको नामबाट चर्चाको शिखरमा पुगेको उक्त कृषि फार्ममा नेपाल सरकार लगायत धेरैले निकै चा“सो दिएका थिए । स्रोतका अनुसार केही विदेशी दातृ निकायबाट समेत सो फार्मले निकै अनुदान हात पार्न सफल भएको थियो । मह एग्रिकल्चर जसरी चर्चाको शिखरमा पुग्यो त्यसैगरी पछिल्लो समयमा बदनाम पनि हु“दै गएको देखिन्छ ।
मह एग्रिकल्चरमा मुख्य नाईकेका रुपमा रहेका इजरायलबाट फर्केका खोजराज कट्वालकै कारण मह एग्रिकल्चरको नाम बदनाम मात्र भएन हरिवंश आचार्यले छोरा मोहितको नाममा रहको लगानी नै फिर्ता लिए । इजरायलमा सांस्कृतिक कार्यक्रम देखाउन पुगेका मह जोडीलाई सजिलै प्रभाव पार्न सफल भएका कट्वालले नै मह जोडीको नामबाट फार्म खोल्न लगाएका थिए । महको लगानी समेत देखाएर मह जोडीको नाममा अनुदान हात पार्ने योजनामा रहेका कट्वालले मोहितबंश आचार्य
लगायत ११ जनाको नामबाट  युवा स्वरोजगार कोषबाट २२ लाख रुपैया समेत ऋण झिक्न सफल भएका थिए । त्यत्तिमात्र होइन कट्वालले इजरायलमा रह“दा त्यसबेला नेटवर्किङ्ग व्यापार गरिरहेको युनिटी ग्रुपको टिम लिडर बनेर धेरै नेपालीहरुले रगत पसिना बगाएर कमाएको रकम हात पार्न पनि सफल भएका थिए । जव युनिटी विरुद्ध सरकार जाग्यो त्यसबेला उनी मह जोडीस“ग नजिकिएर त्यसबाट उम्कन पाएको पीडितहरुले कृषिलाई बताए । यतिखेर मह एग्रिकल्चरमा कट्वाल र मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ रहेका छन् ।
कट्वालको चतुर स्वभाव र महको नाम जोडेर युवा स्वरोजगार कोष मार्फत लगनखेलमा रहेको हिमशिखर सहकारीबाट मह एग्रिकल्चरले ११ जना किसानहरु (जस मध्ये एक मोहितवंश आचार्यको नाम पनि रहेको थियो) नाममा लिएको ऋण तिर्न कट्वालले आलटाल गरेपछि त्यहाका सञ्चालकले हरिबंश आचार्यलाई फोन गरेको र मोहित आचार्यको नाममा रहेको ऋण तत्कालै चुक्ता गरेको सहकारी स्रोतले बताएको छ । हालपनि अन्य ऋण भने तिर्न वँ“की रहेको सहकारी स्रोतले उल्लेख गरेको छ । महजोडीस“ग राम्रो सम्वन्ध भएका कारण  ज्योति समूहले सहकार्य गर्ने गरी ज्योति समूहले बाराको परवानीपुरमा मह हिमालय एग्रिकल्चरका नाममा फार्म सञ्चालन गरेको गरेको थियो । ३ करोड भन्दा बढी लगानी गरिएको सो फार्ममा प्राविधिकका रुपमा काम गर्नु पर्ने कट्वालले परवानीपुरको हावापानी बुझ्न नसकि लगानी थप्न उत्प्रेरित गरेकै कारण ज्योति समूह समेत यतिखेर मह एग्रिकल्चरस“ग सहकार्य तोड्ने तयारी गरिरहेका छ । ज्योति समूहकी मिरा ज्योतिका अनुसार जुन उदेश्यले फार्म सञ्चालन गरिएको हो त्यो उदेश्य सफल हुने संकेत भने देखिएको छैन ।
उत्पादन भन्दा पनि निर्माण कार्यमा नै धेरै लगानी भयो । जसले सफल हुने सम्भावन क्षीण हु“दै गएको छ । पछिल्लो समयमा मह एग्रिकल्चरको बारेमा टिकाटिप्पणी हुन थालेको विषयमा हरिवंश आचार्यस“ग कुरागर्दा उनले आफूले सो फार्म छोडिसकेको र मह नाम परिवर्तन गर्ने विषयमा सल्लाह भईरहेको बताउ“छन् । बरु महका नाममा भएका बदमासीका बारेमा मदनकृष्ण श्रेष्ठलाई पनि सल्लाह दिन उनले कृषि प्रतिनिधिलाई आग्रह समेत गरे । मह जोडीकै नाममा मह एग्रिकल्चरलाई अनुदान दिनेको संख्या बढेको मात्र होइन कृषि मन्त्रीहरुले समेत यसको निरीक्षण गरेको देखिन्छ । तर मह जोडीको नाममा आउने यस्ता रकम वास्तविक किसानसम्म पु¥याउने कार्य भने हुन सकेको देखिदैन । मह एग्रिकल्चरका बारेमा मदनकृष्णले श्रेष्ठले भने ‘ हामीले व्यापार गर्न खोजेको होइन, विदेशमा गएर पसिना बगाउनु भन्दा यही कृषि व्यवसाय गर्न सक्यो भने राम्रो हुन्छ भन्ने सन्देश प्रवाह गर्न मात्र खोजेका हौं ।’ अहिले बजारमा जे कुरा आईरहेको छ त्यसका लागि हामीले सल्लाह गर्दै छौं । हामी अहिलेको व्यवस्थापनलाई छोडेर मह एग्रिकल्चरलाई ट्रष्टका रुपमा लैजाने तयारी गरिरहेका छौं । मह जोडीको नाममा स्थापित भएको मह एग्रिकल्चर प्रा.लिका नामबाट पछिल्लो समयमा त्यहा“का नाइके खोजराज कट्वाल इजरायल प्रविधिलाई विकास गर्नुको सट्टा भारतबाट सामान आयात गरी इजरायली भन्दै चर्को मूल्य असुली रहेका छन् त्यसले व्यवसायिक कृषि उत्पादनमा लागि रहेकाहरु यो पेशाबाट पलायन होलान् कि भन्ने डर देखिएको छ । यसप्रति सम्वन्धित निकायले पनि चा“डै चासो देखाउनु अनिवार्य छ ।

प्रकाशित मिति: आइतवार, असार ८, २०७१