शनिबार, बैशाख २९, २०८१

बढ्यो अण्डाको मूल्य

काठमाडौं, २८ बैशाख । कुखुरामा बर्डफ्लुबाट आतंकित भएर गतबर्ष कुखुराको मासु तथा अण्डाको उपभोग घटेको भएपनि अहिले आएर कुखुरा जन्य बस्तुको भने मूल्य चर्किन थालेको छ । बर्डफ्लुबाट त्रसित कुखुरा पालन व्यवसायमा संलग्न किसानहरु विगतको घाटालाई पूर्ति गर्न सकिने आशले पुनः व्यवसायतर्फ फर्कन थालेका देखिन्छन् ।
कुुखुराका लागि आवश्यक दाना लगायत कच्चा पदार्थको मूल्य बृद्धिले सँगसँगै कुखुराको अण्डाको मूल्य उच्च रुपमा बृद्धि भएको छ । व्यवसायीहरुले भने गर्मी मौसम बढेका कारण कुखुराको अण्डा उत्पादनमा कमी आएका कारण मूल्य बृद्धि गर्नु परेको बताएका छन् । अण्डामा मूल्य बृद्धि भएपछि खुद्रा अण्डाको मूल्य प्रति गोटा १४ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख २८, २०७१