शनिबार, बैशाख १५, २०८१

नौ सय भन्दा पनि बढी चौपायामा भ्यागुते र चर्चरे रोग भेटीयो

कञ्चनपुर, १५ चैत । कञ्चनपुरको झलारी–२ जुडामा शुक्रबार सञ्चालित  पशु स्वास्थ्य घुम्ती शिविरमा ९०० घरपालुवा चौपायालाई भ्यागुते र चर्चरे रोगविरुद्धको खोप लगाइएको छ । पशुसेवा कार्यालय कञ्चनपुरको आयोजनामा भएको शिविरमा स्थानीय बासिन्दाले उपचारका लागि ल्याएका ४०० गाई, ३०० भैँसी र २०० बाख्रालाई निःशुल्क भ्यागुते र चर्चरे रोगविरुद्धको खोप दिइएको हो । खोपसँगै औषधि निःशुल्क वितरण गरिएको पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिं धामीले बताए । “शिविरमा ल्याइएका १२० बाँझोपन भएका चौपायाको समेत उपचार गरेका छाँै” उनले भने ।-कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, चैत्र १५, २०७०