आइतवार, जेष्ठ ६, २०८१

क्षेत्रीय कृषि÷पशु निर्देशनालयको चौमासिक प्रगति गोष्ठि शुरु

काठमाडौं,१३ फागुन । क्षेत्रीय कृषि निर्देशनालय एवं क्षेत्रीय कृषि पशु सेवा निर्देशनालय मध्यमाञ्चलको संयुक्त आयोजनामा दुई प्रथम चौमासिक प्रगति समीक्षा एवं योजना तर्जुमा गोष्ठि शुरु भएको छ ।
कृषि विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद अधिकारीले केन्द्रीय बागबानी केन्द्र किर्तिपुरको सभाहलमा समुद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा बोल्दै सहसचिव अधिकारीले कृषि सेवा प्रवाहको दायरालाई विस्तार गरी औचित्य देखिने गरी कार्यक्रमहरु किसान समक्ष पुयाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
चौमासिक प्रगति समीक्षा गोष्ठिमा दुवै निर्देशालयका प्रमुखहरुले आ–आफ्नो निर्देशनालयले गरेका प्रगति पेश गर्नु भएको थियो । सो गोष्ठिमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक कैलाश भुंडेर, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख वेदनाथ गौतमले पनि कार्यालयले गरेका प्रगति एवं समस्याहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
गोष्ठिमा विभिन्न कृषिसग सम्वन्धित कार्यालयका प्रमुखहरुले कार्यपत्रमाथि टिप्पणीहरु समेत गर्नु भएको थियो भने हाइव्रिड बीउ गुण नियन्त्रण केन्द्रका प्रमुख डिलाराम भण्डारीले छुट्टै हाईव्रिड नीति ल्याउन कुरामा पनि विमती राख्नु भएको थियो । पशुसेवा कार्यालय सर्लाहीका कामदेव झाले सलर््ँँहीमा गएको राहत स्वरुप गएको ५६ लाखको हिसाव नदेखिएकोले खोजी गर्न आग्रह गरेका थिए । सो सम्वन्धमा क्षेत्रीय पशु कार्यालयका प्रमुख दामोदर सेढाईले करोडौंको राहत देखिएको भएपनि आफूलाई कुनै जानकारी नभएको बताउनु भयो ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १३, २०७०