बिहिबार, बैशाख २०, २०८१

भारतीयबाट कमसल मलको तस्करी

खजुरा, ४ फागुन । बा“के जिल्लामा भारतीय मलको तस्करी बढेको छ । सरकारी अनुदानको मलभन्दा भारतीय बजारमा आधा सस्तोमा पाउन थालेपछि जिल्लामा भारतीय मलको तस्करी बढेको हो । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानमा दिने मलभन्दा दोब्बर सस्तोमा पाइने भएपछि अहिले कृषक र व्यापारीले अवैध बाटो हु“दै मल ल्याउने गरेका छन् । भारतीय क्षेत्रबाट कृषकभन्दा व्यापारीले बढी मुनाफाका लागि रासायनिक मल ल्याउने गरेका छन् । जिल्लामा पर्याप्त मात्रामा युरिया, डिएपी र पोटास मल मौज्दात रहे पनि सस्तो मूल्यको भारतीय मल आउने क्रम जारी छ । पुस महिनामा मात्र बा“के प्रहरीले भारतीय बजारबाट भित्रिएको २३ बोरा अवैध युरिया मल बरामद गरेको थियो । कृषि प्रयोजन र व्यापारिक प्रयोजनका लागि जिल्लाका भारतीय बजार क्षेत्रबाट अवैध बाटो भएर रासायनिक मल आउने गरेको जिल्ला प्रहरी कार्यालय बा“केका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । कृषि सामग्री कम्पनी लिमिटेडले प्रतिबोरा रु ९९६ मा युरिया मल बिक्री गरे पनि भारतीय क्षेत्रमा रु ३१५ भारुमा यो मल पाइने गर्छ ।-कृ.सा.

प्रकाशित मिति: आइतवार, फाल्गुन ४, २०७०