शुक्रबार, बैशाख १४, २०८१

बीउको गुणस्तर बारेमा पत्रकार सम्मेलन

काठमाडौं पुस १४ । विगत केही दिनदेखि बहुराष्ट्रिय कम्पनी मोन्सान्टो कम्पनीबाट आयातित बर्णशंकर (हाइव्रिड) जातका बीउहरुको बारेमा सत्यतथ्य सार्वजनिक गर्ने भन्दै कृषि विकास मन्त्रालयले पत्रकार सम्मेलन गरी मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बहुराष्ट्रिय कम्पनीबाट उत्पादित भई नेपालमा आयात हुने विभिन्न जातका बीउ विजन ऐन नियमको परिधिभित्र रही कृषि अनुसन्धान news photoपरिषद्बाट परीक्षण गार्द उपयुक्त ठहरिएमा प्रक्रिया पूरा गरी राष्ट्रिय बीउ विजन समितिबाट दर्ता गरी सूचिकृत गर्ने गरिएको जनाएको छ ।
नेपालमा हालसम्म यसरी सूचिकृत गरिएका जम्मा ६० बालीका ५५६ जातहरुमध्ये नेपालमा नै विकास गरिएका २१५ र बहुराष्ट्रिय कम्पनीका ३४१ जातहरु रहेको समेत पत्रकार सम्मेलन मार्फत कृषि विकास मन्त्रालयले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार बहुराष्ट्रिय कम्पनीका ३४१ जातहरु मध्ये धानका १७, मकैका ३२ र तरकारी २९२ जातहरु रहेको समेत जनाएको छ । जसमध्ये अहिले मोन्सान्टो कम्पनीका मकै ५ र तरकारी ४ जातका रहेको समेत मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, पुस १४, २०७०