शनिबार, बैशाख १५, २०८१

हुम्लाको चिनो उत्पादनमा वृृद्धि हुने

सिमकोट, भाद्र, ४ । हुम्ला जिल्लामा स्थानीय धानका रूपमा समेत चिनिने चिनो धान उत्पादनमा वृद्धि हुने भएको छ । बीउ छर्ने, गोडमेल गर्ने र बाला लाग्ने बेलामा पानी परेपछि चिनोको उत्पादनमा वृद्धि हुने भएको हो । छ रोपनी खेतमा चिनो धान लगाएकी सिमकोट गाउँपालिका वडा नम्बर ५ की कुुम्म रोकायाले आफ्नो जग्गामा चिनो फलेको देखाउँदै यसपालि चिनोको उत्पादन राम्रो हुने बताए। गत वर्ष बीउ पनि फिर्ता ल्याउन मुस्किल भएको र यसपालि भने राम्रो उत्पादन हुने देखेर आफूले गरेको मिहिनेत खेर नगएको बताए ।
त्यस्तै सिमकोट–४ की याङजुम लामाले पनि यसपालि नौ रोपनी जग्गामा चिनो धान रोपेको जानकारी दिए । जग्गामा फलेको चिनो निक्कै पोषणयुक्त भएकाले पछिल्लो समयमा बजारमा बिक्री हुन थालेपछि यसको महìव बुुझ्न थालेको बताए ।
यता खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ की औसी वुुमीले पनि १५ रोपनी जग्गामा चिनो पलाएको र अब केही दिनपछि पाक्न सुुरु हुने बताए । गत वर्षभन्दा आफ्नो जग्गामा चिनो यसपालि राम्रो फलेको उन बताए ।
हुुम्ला जिल्लाको २९७ हेक्टरमा यस यस वर्ष चिनो लगाएको २४९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत वक्तबहादुुर रोकायाले बताए । स्थलगत अवलोकनका क्रममा चिनो राम्रो फलेको पाइएकाले कार्यालयको प्रक्षेपणभन्दा पनि केही वृद्धि हुनसक्ने उनले बताए ।
आर्थिक वर्ष २०७२।७३ मा २९७ हेक्टरमा १६१ मेट्रिक टन चिनो फलेको उनले बताए । हुम्ला जिल्लाका लिमी र मुचुुको केही भू–भागबाहेक अन्य सबैतिर चिनो फल्ने गरेको बाली विकास अधिकृत रोकायाले बताए ।
आमा तथा बच्चाको पोषणमा सुुधार ल्याउन आवश्यक पर्ने पोषण तìवहरू मध्ये चिनोमा प्रोटिन सात दशमलव, बोसो एक दशमलव सात, मिनरल दुई दशमलव सात, फाइवर तीन दशमलव छ, इनर्जी क्यालोरी तीन सय २८, क्याल्सियम १४ आइरन तीन दशमलव नौ मिली ग्राम पाइने बहुुक्षत्रीय पोषण योजनाका जिल्ला संयोजक दिनेश बमले बताए । पोषणयुुक्त तìवका हिसाबले हुम्ला जिल्लामा उत्पादन हुने धेरै अन्नबाली हुने उनले बताए ।
नेपाल खाद्य संस्थानको ढुवानी अनुुदानको खाद्यान्नले गर्दा हुुम्लीको खाने बानीमा परिवर्तन आई चिनोको भात खान छोडेको भए पनि पछिल्लो समय यसको महìव बुुझ्दै जाँदा हुम्लीले पनि पुनः यसको उपभोग गर्न थालेको र जिल्ला बाहिर समेत नेपालगञ्ज र काठमाडौँसम्म निकासी हुनेथाले पनि किसानहरू यसको खेतीमा पुनः लाग्न थालेको उद्योग वाणिज्य सङ्घ हुम्लाका सदस्य बुुद्धि रोकायाले बताए । हुम्ला जिल्लामा चिनो बाहिरी बोक्रा रातो, सेता, कालो र कपडे रङ गरेर चार किसिमको चिनो उत्पादन हुुँदै आएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ४, २०७४