शुक्रबार, बैशाख १४, २०८१

सप्तरीमा मल अभाव

राजविराज, ३ पुस ।। सप्तरीमा गहुँ छर्ने बेलामा रासायनिक मलको अभाव भएको छ । राजविराजस्थित कृषि सामग्री केन्द्र लिमिटेडले आयात गरेर वितरण गर्नुपर्ने मल समयमा उपलब्ध नगराउँदा मलको अभाव भएको हो ।
कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्थामार्फत जिल्लाका किसानलाई मलखाद उपलब्ध गराउँदै आएको थियो । अहिले जिल्लामा युरिया र डिएपी मल उपलब्ध नगराउँदा किसान भारतीय बजार र राजविराजलगायतका बजारमा प्रतिकिलो रु ५० भन्दा बढी मूल्यमा मल किन्न बाध्य भएका राजविराजका कृषक पुरण साहले गुनासो गरे ।
डिलरहरूले डिएपी मलखाद निर्धारित मूल्यभन्दा प्रतिबोरा रु ३०० देखि रु ५०० बढीमा बिक्री गर्ने गरेका छन् । कृषि सामग्री केन्द्र लिमिटेडले दुई÷तीन दिनमा मलखाद बिक्री वितरण सहज हुने जनाएको छ ।

प्रकाशित मिति: सोमवार, पुस ३, २०७४