शनिबार, बैशाख १५, २०८१

विषादीको प्रयोगसम्बन्धीे तालिम

बुटवल, वैशाख । पछिल्लो समय विषादीको अत्यधिक र अनियन्त्रित प्रयोग बढेका कारण यसकोे आवश्यक मात्राको प्रयोगबारे किसानलाई जानकारी दिन तालिमको आयोजना गरिएको छ । दुईदिने सो तालिममा विषादीको प्रयोगको विधि र त्यसबाट हुने सकरात्मक तथा नकारात्मक असरसम्बन्धी जानकारी गराइएको थियो ।
जिल्ला कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत आशा भण्डारीले अत्यधिक विषादी प्रयोग गर्दा माटोको उर्वराशक्ति घट्ने र कृषक तथा उपभोक्ताको स्वास्थ्यमा पनि नकरात्मक असर पर्ने बताए ।
माटोको दिगोपन बढाउन पनि रासायनिक विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक सुबोध भट्टराईले बताए । विषादीको गुणअनुसार प्रयोग गरेको एक हप्तादेखि महिनादिनसम्म फसल प्रयोग गर्न नहुने, जैविक मल र कीटनाशक विषादीको असरलगायतका विषयमा श्रव्य–दृश्यमार्फत जानकारी गराइएको सो तालिममा विषादी प्रयोग हुने सामाग्री निःशुल्क वितरण गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, बैशाख २०, २०७४