शनिबार, बैशाख १५, २०८१

लामो झमेला पछि कृषि,सिंचाई र पशुपन्छी मन्त्री नियुक्त

काठमाडौं, साउन । मन्त्रीमण्डल विस्तार गर्न नसकेको असक्षम सरकारका नेतृत्व सम्हालेको आरोप लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्ततः लामो झमेला र विवादका वीच मन्त्री मण्डल विस्तार गरेका छन् । विहानदेखि नै विभिन्न मन्त्रालयमा को मन्त्री हुने भन्ने द्धिविधा रहेको थियो । विहानसम्म नेपाली काग्रेसले कृषि विकास मन्त्रालय सम्हाल्ने र सो मन्त्रालयमा सञ्जय गौतम, भिमसेन दास प्रधान र रामकृष्ण यादवको चर्चा चलेको थियो । newssnewss
तर चर्चा चल्दा चल्दै एक्कासी कृषि विकास मन्त्रालयका माओवादी केन्द्रले लिने सहमति देखियो त्यसको केही घण्ट वित्न नपाउंदै फेरि कृषि विकास मन्त्रालय कांग्रेसले नै लिने निर्णय समेत भयो । अन्तत ः कृषि विकास मन्त्रालय करीव १५ बर्ष पछि नेपाली कांग्रेसले जिम्मा लिएको छ । कृषि विकास मन्त्रीका रामकृष्ण यादवले शपथ ग्रहण गरेका छन् भने पशुपन्छी विकास मन्त्रीमा भने माओवादीका सन्तकुमार थारु चौधरीले शपथ लिएका छन् । बर्दियाका चौधरीलाई अहिले मन्त्री बनाएर आगामी आम निर्वाचनमा उनले जितेको क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार हुने शर्तमा मन्त्री बनाइएको श्रोतले बताएको छ ।
त्यस्तै कृषि क्षेत्रको महत्वपूर्ण पाटो मानिएको सिंचाई मन्त्रालय पनि नेपाली कांग्रेसले लिएको छ । सिंचाई मन्त्रीमा बर्दियाबाट प्रत्यक्ष निर्वाचित सांसद सञ्जय गौतम मन्त्रीका रुपमा शपथ लिएका छन् । गौतम सिंचाई मन्त्री भएपछि कृषि क्षेत्रमा देखिएको सिंचाई सुविधाको समस्या समाधान हुने विश्वास लिईएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७४