शुक्रबार, बैशाख १४, २०८१

रासायनिक छाडी प्रांगारिक विषादी प्रयोग गर्दै

काभ्रे, मंसिर । पछिल्लो समयमा नयां प्रविधिको प्रयोग गरी कृषि उत्पादन बृद्धि गर्ने काममा किसानहरु संलग्न हुंदै आईरहेका देखिन्छन् । प्रविधिका समुचित प्रयोगबाट नै कृषि उत्पादकत्व बृद्धि गर्न सकिन्छ भन्ने कुरा किसानहरुले बुझन थालिसकेका छन् ।
काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने डाँडापारीको च्याम्रेङबँेसी गाविसका किसान प्रविधि र सीपका कारण अहिले आफूलाई सक्षम बनाउंदै गईरहेको देखिन्छन् ।
बनेपाबाट करिब ३७ किलोमिटरको दुरीमा रहेको सो ठाउँका किसानले नयाँ प्रविधिको प्रयोग गरी अर्गानिक खेतीको अभ्यास गरेका छन् । “अर्गानिक खेती गरी आयआर्जनमा बृद्धि गरिरहेको किसान मखमली थापाले बताइएने । प्रविधिको विकासले जीवनस्तर उकास्न सहयोग पु¥याएको उनको भनाइ छ ।
विगतमा रासायनिक विषादी प्रयोग गर्ने गरेका किसानहरु अहिले गाईबस्तुको मलमूत्रबाट जैविक विषादीको उत्पादन गरी तरकारी खेतीमा प्रयोग गर्दै आईरहेका छन् । “कुहिने वस्तु जैविक मलमा प्रयोग गरेका छौँ नकुहिने वस्तुको व्यवस्थापन गर्न थालेका छौँ,” उनले भनिन् ।
किसानहरु प्रांगारिक खेती तर्फ आकर्षित हुन थालेपछि प्रांगारिक उत्पादनलाई व्यवस्थित गर्नका लागि अर्गानिक उत्पादनको प्रमाणीकरण गरेर छुट्टै बजारको व्यवस्थापन गर्नुपर्ने जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख दुर्गाप्रसाद पण्डित बताउंछन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७३