शुक्रबार, बैशाख १४, २०८१

भागबण्डा नबनोस् ‘राष्ट्रिय किसान आयोग’

काठमाडौँ, कात्तिक । नेपाली किसानहरुको हक हितलाई स्थापित गर्नका लागि किसान आयोग बन्नु पर्ने माग लामो समयदेखि उठ्दै आईरहेको भएपनि त्यसले सार्थक रुप पाउन सकिरहेको छैन । राजनीतिक खिचातानीमा किसान आयोग पर्नु हुन्न भन्ने माग पनि नउठेको होइन । राष्ट्रिय किसान आयोग गठन गरी त्यसलाई किसानको पक्षमा वकालत गर्ने संस्थाको रुपमा विकसित गरिनु पर्दछ भन्ने आशा सवैले राखेका पनि छन् । यतिखेर कृषि विकास मन्त्रालयले ‘राष्ट्रिय किसान आयोग’ गठनको तयारी थालेको छ । मन्त्रालयले राष्ट्रिय किसान आयोग तथा कार्य सञ्चालन आदेश–२०७३ को मस्यौदा तयार गरी कार्यान्वयनका लागि गृहकार्य गरिरहेको बुझिएको छ ।
उक्त मस्यौदामा किसानको हक, हित तथा अधिकारलाई संरक्षणका साथै कृषि क्षेत्रको प्रवद्र्धनका गर्न सात सदस्यीय आयोगको परिकल्पना सो मस्यौदामा गरिएको छ । तर सात सदस्यी आयोगको परिकल्पना गरिरहंदा आयोग राजनीतिक दलहरुलाई बागबण्डा गर्ने स्थलका रुपमा प्रयोग नहोस् भन्ने कामना गर्नु आवश्यक छ । हालसम्म बनेका विभिन्न आयोगहरुलाई हेर्ने हो भने राजनीतिक दलहरुको भागशान्तिका लागि आयोग स्थापित बन्न् गरेका छन् । राष्ट्रिय किसान आयोग त्यस्ता भागशान्तिका लागि भन्दा फरक हुनु जरुरी छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक ८, २०७३