शनिबार, बैशाख १५, २०८१

सुपरजोनमा बाढीले १ सय ५० हेक्टरको माछा पोखरी डवायो

macha pokhariकाठमाडौं, साउन २८ । अविरल परेको बर्षाका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लक्षित गरेको माछाको सुपर जोन बारामामा पनि अत्यधिक प्रभावित भएको छ । माछा सुपर जोनका प्रमख युगल किशोर तिवारीका अनुसार करिव १ सय ५० हेक्टर क्षेत्रफलको माछा पोखरी डुवानमा परेको प्रारम्भिक अनुमान गरिएको छ । उनका अनुसार पानी परिरहेका कारण क्षतिको यकिन हुन वाँकी रहेको बताइएको छ ।
तिवारीका अनुसार बाढी पसेका कारण सवैभन्दा बढी रौतहट, सर्लाही, महोत्तरी पर्सा लगायतका क्षेत्रमा माछा पोखरीमा परेको हुन सक्ने बताए । बारामा ८० प्रतिशत धान खेती पनि डुवानमा परेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७४