शुक्रबार, बैशाख १४, २०८१

मन्त्रालयको निर्देशन टेरेनन् धर्मराज अधिकारीले

काठमाडौं, चैत्र । बीउ विजन कम्पनीका  प्रवन्ध सञ्चालक धर्मराज अधिकारीले राज्यको ढुकुटीबाट अवैधानिक किसिमले आर्थिक लाभ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रलाई समेत अटेर गर्ने बीउका हाकिमलाई अझै पनि मन्त्रालयले कार्वाही गर्न सकेको छैन । घाटामा जान लागेको राष्ट्रिय बीउ विजन कम्पनीलाई आफूले फाइदामा पु¥याएको भन्दै कम्पनीका हाकिम धर्मराज अधिकारीले विशेष भत्ता सहित विभिन्न शीर्षकबाट राज्यले दिएको सुविधा बाहेक तेब्वर तलव लिएको खुलासा भएको छ । ministyr
कृषि साप्ताहिकलाई प्राप्त प्रमाणका आधारमा उनले नियुक्ति पाएको केही महिनादेखि नै गैरकानूनी ढंगबाट तेब्वर तलव भुक्तानी लिईरहेका छन् । उनले पदको दुरुपयोग गर्दै राज्यकोषको रकम हिनामिना गरेको भन्दै कृषि विकास मन्त्रालयमा समेत पटक पटक उजुरी परेपनि उनलाई अहिलेसम्म मस्त भएर बसिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अधिकारीलाई कार्वाही गर्न भन्दै मन्त्रालयका नाममा २०७३-७-२५ गते तेस्रो पटक पत्र काटेको भएपनि मन्त्रालयले मौन बसिरहेको छ । मन्त्रालय प्रशासन महाशाखाका प्रमुख सहसचिव काशीराज दाहालले सो विषयमा मन्त्रालयले पटक पटक स्पष्टिकरण सोधिसकेको भएपनि निजले अटेर गरी कुनै पनि पत्र नपठाएको बताए । सो विषयमा अधिकारीलाई सोध्दा उनले आफूले सरकारले तोकेको भन्दा बढी सुविधा लिएको भएपनि काम गरेरै खाएको बताए । अरुले खान हुने मैले खाने नहुने ? अधिकारीले उल्टै प्रश्न गरे । मन्त्रालयले सक्छ भने कार्वाही गरोस् म भोग्न तयार छु । तर अहिले आफूले लिएको सुविधा र तेब्वर तलव कुनै पनि हालतमा नछोड्ने उनले बताए । उनले आफूले मन्त्रालयले पठाएको पत्रको जवाफ नदिएको स्वीकार गर्दै मन्त्रालयलाई कार्वाही गरेर देखाउन चुनौति दिए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १५, २०७३