बिहिबार, बैशाख २०, २०८१

बंगुर व्यवसाय संकटमा बङ्गुरपालक किसान चिन्तित

लमजुङ,८ मङ्सिर । बंगुरको मासु सहज खपत नभएपछि यो व्यवसाय न संकटमा पर्ने संकेत देखिएको छ । बजार अभावका कारण यहाँका बङ्गुरपालक किसान चिन्तित भएका छन् । big
सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा बङ्गुरका बच्चा तथा मासुको खपत हुन नसक्दा किसान मारका परेका हुन् । बङ्गुरपालन गर्दै आउनुभएका बेँसीसहरका नारायणबहादुर थापा तीन वर्षसम्म पनि लगानी उठ्न नसकेको बताए । उनको खोरमा वार्षिक १५० भन्दा बढी बङ्गुरका बच्चा उत्पादन हुने गरेका छन् । “बिक्री गर्न बजारको समस्या छ,” उनले बताए । पहिला गाउँ गाउँबाट बङ्गुरका बच्चा खरिद गर्नका निम्ति व्यापारी आउने गरेका भए पनि अहिले बाहिरबाट सस्तोमा गाउँमै पु¥याइदिने गरेका छन् ।
बाहिरी जिल्लाबाट सस्तो मूल्यमा बङ्गुरका बच्चा आउँदा मारमा परेको उहाँको भनाइ छ । “बजार नपाउँदा व्यवसाय छोड्ने कि निरन्तरता दिने भन्ने दोधारमा परेको छु,” उनले भने । उनले तीन वर्षअघि रु आठ लाखको लागतमा बङ्गुरपालन व्यवसाय सुरु गरेका थिए ।
यस्तै बङ्गुरपालनबाट मनग्य आम्दानी हुने आशा राखेर व्यवसाय सुरु गर्नुभएका खुदीका प्रेमबहादुर गुरुङ पनि बजार नपाउँदा चिन्तित भएका छन् । उनले रु १५ लाख लगानी गरेर फार्म सञ्चालन गरेका छन् “चार वर्षसम्म पनि लगानी उठाउन सकेको छैन,” उनले दुखेसो गरे ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३