शुक्रबार, बैशाख १४, २०८१

दलहन बाली संरक्षणमा जोड

सुनसरी, जेठ । प्रत्येक वर्ष घट्दो क्रममा रहेको दलहन र तेलहन बालीको संरक्षण आवश्यक रहेको सुनसरीका सरोकारवालले जोड दिएका छन । सुनसरीका किसानहरुले जिल्लामा दलहन र तेलहन बाली संरक्षणका लागि कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् । किसानले पछिल्लो समय दलहन र तेलहन बाली लोपोन्मुख अवस्थामा पुगेको भन्दै कार्यक्रम ल्याउन माग गरेका हुन् । नेपाली किसानले आफ्नै क्षेत्रमा प्रगति गर्न सक्ने भए पनि बीउ र वैज्ञानिक प्रणालीको खेतीका लागि कार्यक्रम ल्याउनु पर्ने माग गरेको जिल्ला कृषि कार्यालयले जनाएको छ ।
नयाँ तथा आधुनिक तरीकाबाट कार्यक्रम ल्याउनु पर्ने किसानहरुको माग गरेको किसान बुद्धिलाल चौधरीले बताए । जिल्लाका सरोकारवाला निकाय र किसान तथा राजनीतिक दलसहितको उपस्थितिमा जिल्ला कृषि कार्यालयले सदरमुकाम इनरुवामा गरेको कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३, २०७४