शुक्रबार, बैशाख १४, २०८१

करोडौं अनुदान पाए पनि फूलमा आत्मनिर्भर भएन

sayapatri-phoolकाठमाडौँ, कार्तिक । तिहारको लागि भारतबाट फूल आयात गर्दै आएका व्यवसायीले यस वर्षको लागि ५० हजार भनदा पनि बढी मात्रामा सयपत्री फूलको माला आयात हुने बताएका छन् । हरेक वर्ष फूल प्रयोगकर्ताको अनुपातमा उत्पादनकर्ता बढ्न नसकेको हँदा यस वर्ष पनि फूलको आयात बढाउनुपरेको फ्लोरीकल्चर एशोसियसन नेपालले बताएको होे । फूल फूलको उत्पादन बृद्धि गरी आत्मनिर्भर बनाउन भन्दै कृषि विकास मन्त्रालयले फ्लोरिकल्चर एशोसिएसनलाई गत बर्ष ५ करोड २५ लाख अनुदान दिएको थियो । तर विवादका कारण ३ करोड मन्त्रालयले फिर्ता गरेको बताइएको छ । यद्यपी चालु आर्थिक बर्षमा पनि गतबर्षकै तुलनामा अनुदान दिने तयारी गरिरहेको छ । हरेक बर्ष करोडौं अनुदान पाउंदा पनि फूलमा परनिर्भरता बढ्दै गईरहेको देखिन्छ ।  गत वर्ष प्रति माला रु एक यस देखि एक सय बिससम्म तिर्नुपरेको थियो भने यस वर्ष उपभोक्ताले बढीमा रु ८० सम्ममा गुणस्तरीमा माला खरीद गर्न सक्नेछ ।
यस वर्ष मौसमले साथ दिएकाले स्वदेमा उत्पादन भएका सबै फूलहरु स्तरीय रहेकाले र भारतबाट ल्याईने भएकाले सस्तो, सुलभ मुल्यमा तिहारको लागि माला पाउने भएको हो । पछिल्लो समय गोदावरी मखमली फूलमा मुलुक आत्मनीर्भर भईसकेको भएपनि सयपत्री फूल हरेक वर्ष भारतबाट ल्याउनुपर्ने समस्या टरेको छैन । भारतबाट फूल ल्याउनुपर्ने भएकाले हरेक वर्ष बढी मुल्य तिरेर फूलको प्रयोग गर्न बाध्य बनेका छन्, नेपाली । अन्य सयमको तुलनामा तिहारमा एकैपटक फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायीहरुले झण्डै २ लाख थान भन्दा सयपत्री फूलका माला भित्र्याउने तयारी गरेका हुन् । जसको मुल्य करिव रु ६० लाख पर्ने व्यवसायिले अनुमान गरेका छन् ।
मालाको मूल्य कति ? : भारतको कोलकत्ताबाट आयात हुने सयपत्री फूलको माला उपभोक्तले औसतमा प्रतिगोटा ५० देखि ५५ रुपैयाँसम्म किन्न पाइने व्यवसायीको दावी छ । तर, प्रायः बजारमा उपभोक्ताले रु एक सयमानै माला किन्न थालेको तीन चार वर्षनै भईसकेको छ । ‘बिचौलियाले सामान्य अभावलाई पनि बिकराल जस्तो बनाएर त्यसो गर्छन् । तर, बजारमा अभाव हुन नदिने गरी हामी माला आपूर्ति गर्छौं’ फ्लोरी कल्चर  एशोसियसशनका अध्यक्ष श्रेष्ठअध्यक्ष श्रेष्ठले भने , ‘भारतबाट ल्याउने २ लाख माला र स्वदेशी उत्पादन गर्दा तिहारको लागि मालाको माग धान्न सकिन्छ ।’
भारतबाट आयात गर्दा प्रतिगोटा माला ३० देखि ३५ रुपैयाँसम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्ति लागतका आधारमा बजारमा ५० देखि रु ५५ मा किन्नुपर्ने अवस्था नआउने एशोसियसशनले जनाएको छ ।
मखमली र गोदावरी फूलमा आत्मनिर्भर : व्यवसायीले सयपत्रीको माला भारतबाट ल्याएपनि पछिल्लो समय मखमली र गोदावरी भने विदेशबाट ल्याउनु पर्ने अवस्था छैन । ‘यो वर्ष व्यवसायीक फूल खेति भएका धेरै ठाउँमा हामीले हेरेका छौं । कुनैपनि ठाउँमा फूल उत्पादनमा प्रभाव परेको छैन ‘अध्यक्ष श्रेष्ठले भने’ यो वर्ष फूलको गुणस्तर पनि राम्रो छ ।
कृषिमा आधारित हाम्रो देश वातावारणीय विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पूष्प व्यवसायको विकास तथा प्रबद्र्धनको सम्भावना अझ बढीे रहेको छ उद्योगको रुपमा अगाडी बढीरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धनका लागि सबै पुष्प व्यसायी एक भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

तिहारमा मात्र देशभर ११ लाख मालाको कारोबार हुन्छ । जसमा ९ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छ भने प्रयोग हुँने मालाको ४० प्रतिशत काडमाडौँ उपत्यकानै हो । देशभरमा गरी हितारमा मात्रै झण्डै ७ करोड बराबरको फूलको कारोबार हुन्छ । विभिन्न समयमा गरी वार्षिक रुपमा चार करोडको फूल विदेशबाट आयात हुँने गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ९, २०७३