शुक्रबार, बैशाख १४, २०८१

डब्लुटिओको प्रावधान स्वीकार नगर्ने मन्त्रीको भनाई

 

Hariprasad parajule ministerf

काठमाडौं, ३० फागुन । कृषि देश विकासको मुख्य स्रोत भएकोले यसलाई औद्योगिकरण गर्न जरुरी रहेको कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले बताउनु भएको छ । राष्ट्रिय दुृग्ध विकास बोर्डद्धारा आयोजिन नेपालमा दुग्ध व्यवसाय एवं दूधको गुणस्तर सुधारका लागि व्यवहारिक संहिता सम्वन्धि एक दिन कार्यशााला गोष्ठिको आज उद्घाटन गर्दै मन्त्री पराजुलीले सो कुरा बताउनु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले नेपाली किसानहरु डब्लुटिओको प्रतिष्पर्धामा जान अस्वीकार गरिरहेको अवस्थामा किसानको भावना विपरित आफूपनि डब्लुटिओको प्रावधान स्वीकार नगर्ने बताउनु भयो । डब्लुटिओको प्रावधान स्वीकार गर्नु भन्दा पनि यतिखेर नेपाली दुग्ध पदार्थको गुणस्तरीय उत्पादन बृद्धिमा जोड दिन किसान तथा व्यवसायीहरुलाई आग्रह समेत गर्नु भएको छ ।
दुधको मूल्य बृद्धि हुनु तर किसानसम्म लागत मूल्य नपुग्नेको कारणमा केही लिकेजहरु भएको भन्दै मन्त्री पराजुलीले ६ महिनाभित्र उपभोक्तालाई असर नपर्ने गरी रु.२ किसानलाई मूल्य बृद्धि गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । नेपाली किसानहरुले कृषि व्यवसायलाई औद्योगिकरण गर्नका लागि सीपको दक्षतामा ख्याल गर्नु पर्ने समेत बताउनु भयो ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले हरेक चैत्र १५ पछाडि दुधको अभाव हुने भएकाले भारतबाट १० हजारको संख्याामा गाईभैसी ल्याउने नीतिको प्रस्ताव गरिसकिएको समेत बताउनु भयो । भारत सरकारले नेपालमा गाईभैसी भित्र्याउने रोक लगाएको र हाल भारतबाट हरेक दिन १ लाख ५० हजार लिटर दूध आयात गर्नु परिरहेको खुलासा गर्नु भएको छ । साथै कार्यकारी निर्देशक पन्तले २० बर्षे दूग्ध रणनीति लागू गर्न सकेको दूग्ध पदार्थको निर्यात गर्न सक्ने समेत बताउनु भयो । –सपना महर्जन

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३०, २०७०