शुक्रबार, बैशाख १४, २०८१

जिल्ला कृषि/पशु कार्यालयको अस्तित्व आजबाट समाप्त

काठमाडौं, असार । मुलुक संघीय संरचना गएपछि जिल्लामा रहेको विभिन्न कार्यालयहरु मध्ये जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशु सेवा कार्यालयहरुको अस्तित्व आज अर्थात असार ३२ गतेबाट समाप्त हुने भएको छ ।
२०७४ चैत्र मसान्तबाट नै यस्को अस्तित्व समाप्त भईसकेको भएपनि कृषि विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले असार मसान्तसम्म जिल्ला कार्यालय कायम नरहे काम गर्न नसकिने भन्दै मुख्य सचिवलाई गुनासो गरेपछि असार मसान्तसम्म पुन ः व्यूताउने काम गरिएको थियो । संघीय संरचना अनुरुप नै जिल्लामा रहेका कार्यालयहरु स्थानीय तहमा गाभिने निर्णय भएसँग यसको अस्तित्व समाप्त भएको छ ।
जिल्लामा रहेको कार्यालयको पुर्नसंरचना गरिरहँदा तात्कालिन कृषि सचिव डा सुरोप पोख्रेलले ध्यान नदिँदा जिल्ला कृषि विकास कार्यालयले अस्तित्व नै गुमाउनु परेको छ । जिल्ला कृषि विकास कार्यालयसँग पशु सेवा कार्यालय पनि आजबाट रहने छैनन् । तर सोही प्रकृतिका जिल्ला वन कार्यालय, नापी कार्यालय लगायतका कार्यालयहरुले भने आफ्नो अस्तित्व जोगाउन सफल भएका छन् ।
मन्त्रालयमा बसेर डिङ्ग हाँक्ने उच्च अधिकारीहरुका कारण जिल्लामा रहेको कृषि तथा पशु सेवा कार्यालयहरु आफ्नो इतिहास समाप्त भएको छ ।

प्रकाशित मिति: सोमवार, असार ३२, २०७५