बुधबार, बैशाख १२, २०८१

कृषि तथा पशुपन्छी विकास मन्त्री विरुद्ध आफ्नै दलका नेता

काठमाडौँ । गठवन्धनमा रहेका दलहरुका मन्त्रीवीचको सम्वन्ध नै चिसो भईरहँदा वर्तमान सरकारले नै कतिसमय सम्म चल्ने हो भन्ने आशंक उब्जन थालेको छ । सरकारमा गएका मन्त्रीहरुले आफू अनुकूल गर्ने तर सरकारको चाहना अनुरुप काम गर्न नसकेका कारण पनि विभिन्न दलका मन्त्रीहरु वीच सम्वन्ध विग्रँदै गएको हो ।

त्यसमाथि पनि एकै पार्टीका मन्त्रीहरुवीच पनि सम्वन्ध सुधार हुन सकिरहेको देखिँदैन । त्यही समस्यामा परेका छन् कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव । कृषि मन्त्री मन्त्री यादवका विरुद्धमा सत्ता साझेदार अन्य दलभन्दा पनि उनकै पार्टी निकट नेताहरु नै यादवको विपक्षमा उभिएको छन् ।

मन्त्री यादवले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा खासै काम गर्न नसकेको भन्दै उनका विरुद्धमा आफ्नै दलका नेताहरु लागेपछि उनेको पदमा पनि धरापमा पर्ने भएको छ । सम्भवत शेरबहादुर देउवाले मन्त्रीमण्डल परिवर्तन गर्ने भए भने कृषि तथा पशुपन्छी विकास मन्त्री यादव पनि फेरिने सम्भवना बढ्दै गएको छ । मन्त्रीले आफ्नो सचिवालयमा राखेका सहयोगीहरु कमाउधन्दामा लागेको आरोप कृषि मन्त्रीको दलका कार्यकर्ताहरुले लगाउन थालेका छन् ।

तराईमा किसानहरुले मल नपाएर विजोग भईरहेका बेला पनि मल सहज बनाउने तर्पm मन्त्रीले कुनै पनि चासो नदिएको उनीहरुको आरोप पनि छ । मन्त्रीलाई भेट्न सिंहदरबार पुगेका उनकै दल निकट जिल्लाका नेताहरुले उनलाई भेट्न नपाएको गुनासो पनि गर्दै आएका छन् । त्यसका लागि मन्त्रीको सचिवालयले जसरी भूमिका खेल्ुन पर्ने थियो सो भूमिका खेल्न नसकेको बरु कृषिका परियोजनाहरु यो वा त्यो नामबाट असुली कार्यमा सचिवालय लागि परेको आरोप पनि लागेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई हटाउन गोप्य रुपमा उनकै पार्टीभित्र खेल भईरहेको छ । मन्त्री यादवलाई कुनै पनि हालतमा हटाएर उनको ठाउँमा अर्को मन्त्री पठाउन पनि पार्टी भित्र निकै दवाव परिरहेको छ । मन्त्री यादवले पार्टी किसान र मधेशी कार्यकर्ताहरुलाई पाखा लगाउने काम गरिहेको आरोप उनी माथि छ । तर मन्त्री यादव भने आफू किसानका पक्षमा लागिरहेको र रासायनिक मल अभाव हुन नदिनका लागि सरकारसँग १५ अर्व भन्दा बढी रकम मल अनुदानमा ल्याउन सफल भएको बताईरहेका छन् ।

मन्त्री यादवलाई हटाउनका लागि उनकै दलका केही नेता प्रधानमन्त्री शेरबहादुरको देउवा निवास पुगेको उच्च श्रोतले बताएको छ । मन्त्री हटाउनका लागि यादवकै सहकमीहरु देउवाका भजिजा समेत रहेका निजी सचिव भानु देउवाको फेर समाउन पुगेका छन् । भानु देउवाले अव मन्त्रीमण्डल परिवर्तन हुन लागेकाले यादवलाई हटाउने तयारी गरिएको भने पछि उनीहरु फुरुङ भएका छन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन ७, २०७८