शनिबार, बैशाख ८, २०८१

कार्यविधि विपरित कृषि मन्त्रीले गरे विदेश भ्रमण स्वीकृत

काठमाडौं, असार । गत वर्ष कृषि विकास मन्त्रालयबाट विदेश भ्रमणमा जानेहरुको लस्करका बारेमा सञ्चार माध्यमहरुले व्यापक आलोचना गर्दै समाचार प्रकाशन गरेपछि केपी ओली प्रधानमन्त्री भए लगतै सरकारी कर्मचारीहरुलाई विदेश जान रोक लगाएका थिए ।
लामो समय पश्चात विदेश भ्रमणका लागि सरकारले कार्यविधि तयार ग¥यो । तर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कार्यविधि विपरित विदेश भ्रमणलाई भटाभट सदर गर्दै कर्मचारीलाई विदेश उठाउन थालेका छन् ।
यतिखेर कृषि मन्त्री खनाल मातहत रहेको कृषि सेवा, पशु सेवा, भूमि सुधार तथा सहकारी मन्त्रालयबाट विदेश जानेहरुको लस्कर नै लागेको छ ।
अझ कृषि तथा पशु सेवाबाट जन्ती जस्तै विदेश जान थालेका छन् । सरकारले गरेको निर्णयलाई समेत वेवास्ता गर्दै कृषि तथा पशु सेवा तर्फका कर्मचारी असार अन्तिममा बजेट सक्नका लागि खाद्य गुणस्तर सम्वन्धि अध्ययन गर्न भन्दै विदेश हानिएका छन् ।
पारदर्शित र मितव्ययी प्रशासनको डिङ्ग हाक्ने मन्त्री चक्रपाणीले असम्वन्धित कर्मचारीहरुलाई किन यतिखेर विदेश भ्रमणका लागि स्वीकृत दिएका छन् ? बोली एक व्यवहार अर्को गर्ने कृषि मन्त्रीले सरकारको कार्यविधि अध्ययन गरेका छन् कि छैनन् । आफै मन्त्रीपरिषद् वैठकमा बसेर निर्णय गर्ने अनि फेरि त्यही निर्णयको वेवास्ता गर्ने कृषि मन्त्रीलाई के भन्ने होला ?

प्रकाशित मिति: बिहिबार, असार २८, २०७५