शुक्रबार, बैशाख १४, २०८१

जापानबाट फर्केर बाख्रा पालनमा रमाउँदै

बुटवल । धेरैको सपनाको देश हो जापान, जो कोहीकोपनि जापान गएपछि नेपाल फर्केने मन विरलै हुन्छ । तर रुपन्देहीका एक जना किसान १७ बर्ष सम्म जापान बसी नेपाल फर्किर बाख्रा पालनमा रमाएका छन् । स्याङ्जा जिल्लामा जन्म घर भएका रुद्रप्रसाद खनाल अहिले सुद्धोधन गाउपालिका–५ मानपकडीमा बाख्रा पालन गरेका छन् ।
करिव २० लाख रुपैयाँ लगानीमा उनले गाउपालिका मै नमुना बाख्र पालन फर्म स्थापना गरेका हुन । करिव डेढ बर्ष पहिला सागर बाख्रा फर्म स्थापना गरेका खनालले आफ्नै जापनमा होटल समेत सञ्चालन गरेका थिए । उनी भन्छन्– भारतको बाटो हुदै कुकको काममा जापान गएको थिए, पछि आफ्नै होटल समेत खोले, तर घाटा लागेपछि त्यहाँ बस्न मन लागेन, अनि नेपाल आएर बाख्रा फर्म खोले।’ उनका तिन भाई छोराहरु हाल जापानमा रहेका छन् । तर उनलाई जापानमा बस्न मन लागेन, श्रीमती सहित स्वदेश फकिए र बाख्रा फर्म खोलेका हुन । butwal news
श्रीमती तुलसी खनालको सहयोगमा उनले फर्म स्थपना गरे, अहिले २ जना कामदार समेत राखेका छन् । शारीरिक अस्वस्थताले श्रीमतीलाई साथ नदिएपछि ५९ बर्षिय खनाल आफै फर्ममा खट्ने गरेका छन् ।
अहिले ६० वटा बाख्रा पालन गरेका उनले करिव ६ कठ्ठामा घाँस खेती समेत गरेका छन् भने साढे ३ कठ्ठामा बाख्रा फर्म खेलेका छन् । जमुनापारी, खरी, लेकल विटल क्रस र बोयर बाख्रा पालन गरेका उनले फर्म स्थापनामा करिव २० लाख रुपैया खर्च गरेको बताउँछन् । बार्षिक रुपमा करिव २० वटा सम्म साना र ठुला बाख्रा विक्रि गर्दै आएको बताउने उनले बार्षिक करिव डेढ लाख आम्दानी हुने गरेको बताउँछन् । सैनामैनामा रहेको बाख्रा फर्म बाट बाख्राहरु ल्याएर पालन गरेका उनले आधुनिक प्रकृतिको बाख्राको फर्म(खोर) निर्माण गरेका छन् ।
बाख्रा फर्ममा सेन्सर समेत जडान गरेका उनले यदि कोही फर्म भित्र प्रवेश गरेमा सेन्सरबाट आवाज आउने गर्दछ, जुन दुई वटा सेन्सर जडान गरिएको छ, एउटा घरभित्र र एउटा फर्ममा । वाहिर केही भएमा घर भित्र रहेको सेन्सरमा घण्टी बज्ने उनको भनाई रहेको छ ।
उमेरले नेटो काट्न लागेपनि जाँगर अझै कमजोर नभएको भन्दै उनले ५९ बर्षको उमेरमा बाख्रा फर्म स्थापना गरेको अवको केही बर्षमा करिव ५ सय बाख्रा पाल्ने सौख रहेको बताउँछन् । अहिलेको दशै महिना सम्म करिव १० वटा बोका विक्रिको लागि तयार हुने भन्दै उनले नेपालमा व्यवसायिक रुपमा बाख्रा पालन गर्न सकेमा राम्रो भविष्य रहेको बताउछन् ।
उनी भन्छन्– नेपालमा भौगोलिक वातावरण पनि सहि रहेको छ, किसान भएपछि अलिकति मिहिनेत गर्नुप¥यो, स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ । ’ उनले नेपालीहरु देशमा रोजगार नभएको कारण विदेशिन बाध्यता रहेको भन्दै विदशको भन्दा पनि स्वदेशी भूमिमा विकल्प खोल्नुपर्ने तर्क राख्छन् । कृषि र पशु पालन नेपालको रोजगारी अन्त्य गर्ने प्रमुख विकल्प रहेको बताउदै खनालले भने– यहाँको स्रोत र साधनको उच्चतम प्रयोग गरेमा साच्चै देश समृद्धि बन्दछ ।’ बाख्राको लागि मन पर्ने खानाको रुपमा रहेको किम्बु, बकाईनो, बर्सिम, निम, वडहर लगातका घास उनले रोपेका छन् भने किम्बुको नर्सरी समेत तयार गरेका छन् । – कृष्ण खनाल

प्रकाशित मिति: शनिबार, जेष्ठ १३, २०७४