शुक्रबार, बैशाख १४, २०८१

चट्याङ पीडितले पाउलान् क्षतिपूर्ति

म्याग्दी, भाद्र । चट्याङका कारण म्याग्दीको गुर्जा गाविसको भेडिगोठमा रहेका करीव ९७ वटा भेडा मरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र पशुसेवा कार्यालयबाट गएको टोलीले घटना स्थलमा पुगेर मरेका भेडाहरुको विवरण संकलन गरेको थिए । चट्याङका कारण मरेका भेडाबाख्राबाट सो स्थानका किसानहरुको १५ लाख बराबरको क्षति भएको जिल्ला पशु कार्यालयले बताएको छ । करिव ६ सयवटा भेडाबाख्रा रहेको सो ठाउंमा ९ जना किसानको९७ भेडा मरेको बताइएको छ । myagi ko bhedabhakhara
यतिखेर पशुपन्छी विकास मन्त्रालयले मन्त्री पाउन सकेको छैन । मन्त्रालयको हस्तीका रुपमा रहेका सचिव कसैको कुरा सुन्न नै चाहंदैनन् । तर जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्रमुख डा दयाराम चापागाइँले जिल्ला प्रशासनबाट निर्णय गराएर मन्त्रालयमा क्षतिपूर्तिका लागि पहल गर्ने बताएका छन् । के अव म्याग्दी जिल्लाको दुर्गम गाउं गुर्जाका चट्याङ पीडितले क्षतिपूर्ति पाउलान् ? भूकम्प पीडितलाई कोरली गाई बाँड्ने बजेट नै विनियोजित हुँदा त मन्त्रालयकै कोरली गाई दिन सकेन अव चट्याङ लागेर मरेका भेडाबाख्रोको क्षतिपूर्ति किसानले पाउलान् त ?
पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले म्याग्दीको यो घटनालाई बुझ्ने प्रयास गर्दछन् कि गदैनन् ? कि फेरि उही पुरानै शैलीमा क्षतिपूर्ति दिने बाचा गर्ने जिल्लाका हाकिमलाई थर्काउने हुन् हेर्न वाँकी छैन ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३