शुक्रबार, बैशाख १४, २०८१

गाली गर्नु भन्दा हातेमालो गर्दै अघि बढौँ : कृषि मन्त्री खनाल

काठमाडौं, असार । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले गाली गर्नु भन्दा हातेमालो गर्दैै अगाडि बढ्न सरोकारवालाई सुझाव दिएका छन् ।
कृषि विभाग मातहतमा रहेको तरकारी बाली विकास केन्द्रले आयोजना गरेको प्रथम फार्म दिवसलाई सम्वोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको कृषि क्षेत्रले अहिलेको आवश्यकता पूर्ति गर्न नसकिरहेको भए पनि तुलनात्मक रुपमा पहिलेको भन्दा उत्पादन क्षमतामा बृद्धि गराएको र खाद्य सुरक्षका लागि महत्वपूर्ण कार्य गरिरहेको बताए ।
कसैले गरेको काम प्रति गाली गर्नु, कमिकमजोरी औल्याउन निकै नै सजिलो हुने तर काम गर्न निकै गाह्रो हुने बताउँदै मन्त्री खनालले कृषि क्षेत्रमा हातेमालो गर्दै अगाडी बढ्नुको विकल्पन नरहेको धारणा व्यक्त गरे ।
कृषि क्षेत्रको बिकासका लागि अन्य क्षेत्रको पनि बिकास हुनु जरुरी रहेको मन्त्रालयका सचिव डा युवकध्वज जीसीको भनाई थियो । उनले भने, “कृषि विज्ञान हो, विज्ञानको कनै अंग सहज नभए त्यसले पूर्ण नपाए जस्तै कृषि क्षेत्रको अवस्था पनि त्यही किसिमले अगाडि बढेको छ ।”
संविधानले प्रत्याभूत गरेको खाद्य संप्रभुता ऐन जारी भईसकेकाले आम नागरिकको खाद्य सुरक्षाका लागि ग्यारेण्टी लिने काम सरकारले गर्नु पर्नेमा बताए । जसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज उत्पादनका क्षेत्रमा निकै नै काम गरिरहेको खुलासा गरे । दुई दशक अगाडिको कृषि उत्पादनसँग अहिले तुलना गर्न नहुने बताउँदै जनसंख्याको बृद्धिसँगै खाद्यान्न आयात गर्नु पर्ने वाध्यता रहेको उनले बताए ।
पछिल्लो समयमा शहरी कृषि खेतीमा प्रविधि विस्तार बढ्दै गईरहेको र कौशी तरकारी खेती प्रवद्र्धनमा स्थानीय तह समेत सक्रिय रहेको भन्दै वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्लेले प्रविधि विस्तार मार्फत स्वच्छ तरकारी उत्पादन कसरी गर्न सकिन्छ भन्ने कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
उनले कृषि प्रविधि विस्तार स्वरुप मोवाइल एप्लिकेसनका माध्यमबाट जति नै टाढा भएपनि बोटबिरुवालाई सिञ्चीत गर्न सकिने तथा बोटबिरुवालाई आवश्यक पर्ने तापक्रमको मात्रा थपघट गर्न सकिने गरी प्रविधि तयार गरेरर आफैले कार्यान्वयन गरेको समेत बताए ।
स्थापना कालमा १६० रोपनी क्षेत्रफलमा फैलिएको फार्म केन्द्र हाल ३४.५ रोपनी क्षेत्रफलमा खुम्चिन पुगेको बताउँदै १४.५ रोपनीमा मात्र फार्म सञ्चालन भईरहेको बताए ।
नेपाल सरकारले २०७५ श्रावण १ गतेबाट लागु गरेको नयाँ संरचना अनुसार राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र मातहत रहने गरी तरकारी बाली विकास केन्द्रको स्थापना गरीएको हो । – पुष्प भट्ट

प्रकाशित मिति: बिहिबार, असार ५, २०७६